ad ad

कर्णाली


नवनिर्वाचित सांसदलाई स्वागत गर्न कर्णाली प्रदेशसभाले थाल्यो तयारी (तस्बिरहरू)

नवनिर्वाचित सांसदलाई स्वागत गर्न कर्णाली प्रदेशसभाले थाल्यो तयारी (तस्बिरहरू)

दिनेश बुढा
मंसिर १७, २०७९ शनिबार १०:१५, सुर्खेत

मंसिर ४ गते सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनको कर्णालीमा अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। १० जिल्ला रहेको कर्णाली प्रदेशमा २४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन्। ती निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा सम्मानका लागि कर्णाली प्रदेशसभा सचिवालयले तयारी थालेको छ।

सचिवालयले पदाधिकारीका कार्यकक्ष व्यवस्थापनदेखि रंगरोगन, सरसफाइ, बगैंचा गोडमेल लगायतका काम गरेर स्वागतका लागि सचिवालयले तयारी थालेको हो। 

प्रदेशसभा सचिव जीवराज बुढाकोथीले भौतिक व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए। उनका अनुसार पदाधिकारीको कार्यकक्ष साटफेर गरिएको छ। यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक कक्षलाई सभामुखको कार्यकक्ष, कानूनमन्त्रीको कार्यकक्षलाई मुख्यमन्त्री, माओवादी केन्द्रका दलका नेताको कार्यकक्षलाई प्रमुख विपक्षी दलका नेताको कार्यकक्षका रुपमा व्यवस्थापन गर्न लागिएको छ।

यस्तै, पहिले हतार–हतारमा कार्यकक्ष व्यवस्थापन गरिएको र पााँच वर्षको अनुभव, सिकाइ र आवश्यकताका आधारमा पदाधिकारीहरुको कार्यकक्षलाई थप व्यवस्थित, आर्कषक बनाउन लागिएको सचिवालयले जनाएको छ। 

साथै कतिपय पुरानै फर्निचर तथा नयाँ किनेर सचिवालयले व्यवस्थापन गरिरहेको छ। सचिवालयले नेपाली कांगे्रस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकिकृत समाजवादी, राप्रपाका लागि कार्यालय व्यवथापन गर्दैछ। राप्रपा र एकिकृत समाजवादीबाहेक दलका कार्यालय व्यवस्थापन भइसकेका छन्। 

निर्वाचन आयोगले आधिकारिक रुपमा घोषणा नगरेपनि प्रदेशमा राप्रपा र एकिकृत समाजवादीका सांसदहरु थपिने निश्चित भएको छ। बैठक कक्षमा ४० वटा कुर्ची यथावत छन्। सचिवालयले डिस्प्ले मर्मत, दु्रतगतिको इन्टरनेट जडान, गार्डेन गोडमेल, सरसफाइ लगायतका कामहरु पनि गरिरहेको छ। 

कर्णाली प्रदेशसभा नियमावली २०७९ अनुसार प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख÷उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने उल्लेख गरेको छ। प्रदेशसभाको निर्वाचन परिणाम सार्वजनिक भएको मितिले २० दिनभित्र प्रदेश प्रमुखले बैठक बोलाउनुपने व्यवस्था छ।

तस्बिरहरू:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .