गत मंसिर ४ गते भएको आम निर्वाचनको अन्तिम नजिता सार्वजनिक भइसकेको छ। ४ गते भएको यस पटकको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा देशका धेरै ठाउँमा युवा पुस्ताको उदय भएको छ।
तर, कर्णाली प्रदेश सभामा ३० वर्ष उमेरका सांसदहरु भने शुन्य रहेका छ। २४ जना प्रत्यक्ष र १६ समानुपातिक गरि जम्मा ४० जना सांसदको प्रतिनिधित्व हुने कर्णाली प्रदेशमा धेरै सांसदहरु बुढो उमेरका रहेका छन्।
सांसदहरुले निर्वाचन आयोगमा दिएको विवरणका आधारमा कर्णाली प्रदेशको मतपरिणामअनुसार प्रत्यक्षतर्फ प्रदेश सभाका २४ निर्वाचन क्षेत्रमा १ जना मात्र ४० वर्षमुनिका सांसद निर्वाचित भएका छन्। भने अरु सबै ४० वर्ष माथिका रहेका छन्।
यस्तै, ६० वर्ष माथिका ३ जना मात्रै निर्वाचित भएका छन्। सबैभन्दा धेरै ४०-५९ वर्ष उमेर समूहका २० सांसद निर्वाचित भएका छन्। राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा नीति २०७२ ले १६-४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ।
मत परिणामअनुसर ४० वर्षमुनिको उमेर समूहमा दैलेख क्षेत्र नम्बर २ प्रदेश सभा (२)बाट निर्वाचित ३९ वर्षीय सांसद घनश्याम भण्डारी छन्।
यस्तै, समानुपातिक १६ सांसदमा पनि युवाको सहभागिता कम देखिएको छ। जसमा ४० वर्ष मुनिका ४ जना सांसद मात्रै छन् भने अन्य ४०-५० सम्मका ६ सांसद, ५०-६० सम्मका ५ जना र ६० भन्दा माथि एक जना सांसद रहेका छन्।
यस्तो छ, निर्वाचित सांसदहरुको उमेर
४० वर्षभन्दा कम
दैलेख–२ (२) घनश्याम भण्डारी (नेपाली कांग्रेस) : ३९ वर्ष
४०—५९ वर्ष सम्म
जाजारकोट–(१) वेदराज सिंह (नेपाली कांगे्रस) :४२ वर्ष
जुम्ला–(२) टेकराज पछाई (नेकपा एमाले) : ४२ वर्ष
सुर्खेत–२ (२) बिन्दमान विष्ट (नेकपा माओवादी) : ४३ वर्ष
सुर्खेत–१ (२) कुष्णबहादुर जिसी (माओवादी केन्द्र) : ४३ वर्ष
हुम्ला–(१) रनसिंह परियार (नेकपा माओवादी) : ४५ वर्ष
डोल्पा–(१) शेरबहादुर बुढा (नेकपा एमाले) : ४५ वर्ष
रुकुम पश्चिम–(१) महेन्द्र केसी (माओवादी केन्द्र) : ४९ वर्ष
रुकुम पश्चिम–(२) राजकुमार शर्मा (माओवादी केन्द्र) : ५१ वर्ष
मुगु–(१) जितबहादुर मल्ल (नेकपा एमाले) : ५२ वर्ष
कालिकोट–(१) दुर्गाबहादुर रावत (माओवादी केन्द्र) : ५३ वर्ष
सल्यान–(२) सुरेश अधिकारी (नेपाली कांगे्रस) : ५३ वर्ष
जाजारकोट– (२) राजिवविक्रम शाह (नेपाली कांग्रेस) : ५४ वर्ष
मुगु–(२) मंगलबहादुर शाही (माओवादी केन्द्र) : ५४ वर्ष
दैलेख–१(१) पूर्णबहादुर खत्री (नेपाली कांग्रेस) : ५५ वर्ष
डोल्पा–(१) वीरबहादुर शाही (माओवादी केन्द्र) :५५ वर्ष
हुम्ला–(१ ) जीवनबहादुर शाही (नेपाली कांग्रेस) : ५७ वर्ष
दैलेख–१(२) कृष्णकुमार बिसी (नेपाली कांग्रेस) : ५८ वर्ष
सल्यान–(१) भीमप्रकाश शर्मा (माओवादी केन्द्र) : ५८ वर्ष
सुर्खेत–१ (१) खड्कबहादुर पोखरेल (नेपाली कांग्रेस) : ५९ वर्ष
जुम्ला–(१) देबेन्द्रबहादुर शाही (स्वतन्त्र) : ५९ वर्ष
६० वर्षभन्दा माथि
सुर्खेत–२ (२) यामलाल कँडेल (नेकपा एमाले) : ६० वर्ष
कलिकोट–(२) हिक्मतबहादुर बिष्ट (नेपाली कांग्रेस) : ६३ वर्ष
दैलेख–२(२) विनोदकुमार शाह (नेकपा एमाले) : ६६ वर्ष
समानुपातिकतर्फ
३० देखि ४० सम्म
रुकुम पश्चिम : तुलसा मल्म (नेकपा एमाले) : ३४ वर्ष
कालीकोट : यशोदा न्यौपाने (नेपाली कांग्रेस) : ३८ वर्ष
हुम्ला : जुम्कित लामा कार्की (नेकपा माओवादी केन्द्र) : ३९ वर्ष
सुर्खेत : सन्तोषी शाही (राप्रपा) : ३९ वर्ष
४० देखि ५० सम्म
दैलेख : इन्द्राकुमारी शाही (नेपाली कांग्रेस) : ४१ वर्ष
रुकुम पश्चिम : कल्याणी खड्का नेकपा (एकीकृत समाजवादी) : ४४ वर्ष
डोल्पा : उर्मिला विश्वकर्मा (नेकपा माओवादी) : ४४ वर्ष
हुम्ला : विजया बुढा (नेपाली कांग्रेस) ४४ वर्ष
रुकुम पश्चिम : मिलन खड्का रोका (नेकपा माओवादी) : ४६
दैलेख : गमला विक (नेकपा एमाले) : ४९ वर्ष
५० देखि ६० सम्म
सल्यान : लक्ष्मी सुनार (नेपाली कांग्रेस) : ५० वर्ष
कालीकोट : दक्षिणा शाही (नेकपा एमाले) : ५३ वर्ष
सुर्खेत : जानकी सिंह (नेपाली कांग्रेस) ५४ वर्ष
सुर्खेत : बलिमाया बुढा (नेपाली कांग्रेस) ५४ वर्ष
सुर्खेत : नन्दा गुरूङ्ग (नेकपा एमाले) : ५५ वर्ष
६० वर्षदेखि माथि
हुम्ला : कलबहादुर हमाल (नेकपा एमाले) : ६१ वर्ष
Shares
प्रतिक्रिया