ad ad

कर्णाली


जुम्लाको हिमा गाउँपालिका अध्यक्षले पालिकालाई निजी कम्पनी बनाएको जनप्रतिनिधिको आरोप

जुम्लाको हिमा गाउँपालिका अध्यक्षले पालिकालाई निजी कम्पनी बनाएको जनप्रतिनिधिको आरोप

नेपालखबर
पुस २१, २०७९ बिहिबार २१:१९, सुर्खेत

जुम्लाको हिमा गाउँपालिकाका अध्यक्षले गाउँपालिकालाई निजी कम्पनी बनाएको आरोप लागेको छ। पालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले गाउँपालिकालाई आफ्नै निजी कम्पनी जस्तो बनाएको वडाअध्यक्ष र सदस्यहरुले आरोप लगाएका हुन्।

हिमा गाउँपालिका–४ का वडाअध्यक्ष जग्ग रोकाया, वडा नम्बर ५ की वडा सदस्य धनकौरा शाही र कार्यपालिका सदस्य धनराज शाहीले अध्यक्ष शाहीमाथि विभिन्न आरोप लगाएका छन्। 

उनीहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै जनतालाई सिंहदरवार गाउँमा आएको अनुभुति गराउनुको सट्टा प्रतिनिधिले जनताको आवाजलाई सुनाउँदा गाउँ सभामा अपमान गरिएको बताएका छन्।

पालिकाको गाउँसभा सञ्चालन भएदेखि नै धेरै विषयहरुमा विवाद हुँदै आएको उनीहरुले बताएका छन्। साथै हिमाको समग्र विकास निर्माणमा पालिकालाई सकरात्मक सुझाव दिँदा अध्यक्ष शाहीले आफ्नो मान मर्यादा भुलेर तानशाहको रवैया देखाएको आरोप लगाएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘हामीले अझै पनि सुदृढ हुन धेरै समय दियौँ। उहाँले आलटाल गर्दै सदस्यहरुको कुनै वास्ता नगरी निमित्त प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढालाई धम्क्याई, विभिन्न प्रलोभन देखाई गाउँसभाको सामान्य पनि बहुमत नपुर्याई माइन्युट गर्न लगाउने कार्य निरन्तर दोहोर्याउनु भयो।’ 

यस्तै, ‘१६औँ हिउँदे गाउँसभामा पनि त्यही पुरानै व्यवहार देखाउँदै कार्यपालिका सदस्यहरुलाई लान्छना दिँदै प्रस्तावहरु बैठकमा प्रस्तुत नगरी सिधै निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई निर्णय लेख्न लगाउँदा हाम्रो कार्यपालिका महिला सदस्यले प्रस्ताव बिना निर्णय गर्न पाइँदैन भन्दा कार्यपालिका सदस्यलाई कर्मचारी लगाई धम्की दिन आउने कार्य साह्रै निन्दनीय छ’ विज्ञप्तिमा भनिएको छ।

पालिका अध्यक्ष शाहीले गाउँपालिकामा आफ्नो कार्यकर्ता भर्ती केन्द्र बनाएको, गाउँपालिकालाई आफ्नो निजी कम्पनी जस्तो गरी पुराना करार कर्मचारी हटाई नयाँ कर्मचारी नियुत्ति गर्ने काम जायज हो त? भन्दै प्रश्न समेत गरेका छन्। 

उनीहरुले १३औँ गाउँसभाबाट भएका निर्णयहरु खारेजी तथा करार हटाइएका पुराना कर्मचारीलाई पुनर्वहाली गरि नयाँ राखेका सम्पूर्ण करार नियुक्ति कर्मचारीलाई हटाउनुपर्ने चेतावनी समेत दिएका छन्। वडाअध्यक्ष रोकायासहित वडा नम्बर ५ की वडा सदस्य धनकौरा र कार्यपालिका सदस्य धनराजले जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय जुम्लालाई ज्ञापन–पत्र समेत बुझाएका छन्। 

यस विषयमा बुझ्न खोज्दा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीसँग सम्पर्क हुन सकेन।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .