कर्णाली


कर्णालीका मुख्यमन्त्री शर्माले आज शपथ लिँदै

कर्णालीका मुख्यमन्त्री शर्माले आज शपथ लिँदै

नेपालखबर
पुस २८, २०७९ बिहिबार १०:७, काठमाडौँ

कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।

बुधबार नियुक्त भएका मुख्यमन्त्री शर्मालाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराउने भएका हुन्।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भिमराज थानीका अनुसार बिहीबार दिउँसो  चार बजे शपथ ग्रहणको कार्यतालिका तय गरिएको छ। 

प्रदेश प्रमुख तिलक परियारले बुधबार माओवादी संसदीय दलका नेता शर्मा बुधबार नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए। 

उनलाई नेकपा एमाले, राप्रपा र एकीकृत समाजवादी गरेर २५ जना सांसदको समर्थन रहेको छ। 

कर्णालीमा ८ वटा मन्त्रालयबाट  घटाएर ७ मन्त्रिपरिषद् बनाउन लागिएको छ। 

मुख्यमन्त्री शर्मासँगै अन्य मन्त्रीहरुको पनि नियुक्त र शपथ हुने दलहरुले बताइरहेका छन्। तर,  कुन दलबाट को–को मन्त्री बन्दैछन् भन्ने कुरा खुलेको छैन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad