कर्णाली


पार्कमा खेल्दै गरेको पिङ चुँडिदा महिलाको मृत्यु, दुई जना घाइते

पार्कमा खेल्दै गरेको पिङ चुँडिदा महिलाको मृत्यु, दुई जना घाइते

नेपालखबर
फागुन २४, २०७९ बुधबार २१:१२, सुर्खेत

सुर्खेतको वीरेन्द्रनगरमा पिङ खेल्दै गर्दा चुँडिएर एक महिलाको मृत्यु भएको छ। 

वीरेन्द्रनगर–४ मा रहेको काक्रेबिहार फनपार्क एण्ड रिसोर्ट प्रालिद्वारा सञ्चालित ट्रि हाउस फन पार्कमा पिङ खेल्दै गरेको समयमा पिङ चुडिएर लड्दा महिलाको मृत्यु भएको हो। 

दाङको तुलसीपुर नगरपालिका–६ घर भएकी अन्दाजी ५० वर्षीया पवीसरा सुनारको पिङ खेल्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी लक्ष्मण शाहीका अनुसार सुनारको घटनास्थलमै मृत्यु भएको हो। 

उनीसँगै पिङ खेलिरहेका वीरेन्द्रनगर–३ कि २६ वर्षीय प्रतिमा गदाल र उनका छोरा दुई वर्षका प्रनिल गदाल घाइते भएका छन्। दुवैको कर्णाली केयर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ। 

प्रहरीले पार्क सञ्चालक समितिका एकजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ। 

मृतक सुनारको शव प्रदेश अस्पताल सुर्खेतमा राखिएको छ । 

प्रहरीका अनुसार मृतक सुनार आफन्तसँग भेटघाटको लागि सुर्खेत आएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .