राजनीति


महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारीले घोषणा गर्‍यो स्ववियु उम्मेदवार

महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारीले घोषणा गर्‍यो स्ववियु उम्मेदवार

नेपालखबर
फागुन २४, २०७९ बुधबार २१:२२, विराटनगर

विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनका लागि माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बुधबार उम्मेदवारी घोषणा गरेको छ। 

क्रान्तिकारीले सभापतिमा रोहित यादव र सचिवमा आशिका लम्साललाई उम्मेदवार बनाएको छ।

२०६५ यता स्ववियू निर्वाचन हुन नसकेको महेन्द्र मोरङमा २०६५मा अखिल क्रान्तिकारीबाटै स्ववियु सभापतिमा जयराम सुन्दास र सहसचिवमा देवा यादवले जितेका थिए।

संगठनभन्दा बलियो भएकाले महेन्द्र मोरङ क्याम्पसमा कसैसँग गठबन्धन नगरी चुनाव लड्ने तयारी रहेको सचिवकी उमेदवार आशिका लम्साल बताउँछिन्।

२१ सदस्यीय स्ववियुमा क्रान्तिकारीले अध्यक्ष र सचिवको उम्मेदवार मात्रै घोषणा गरेको छ। 

महेन्द्र मोरङमा स्ववियू चुनावका लागि क्रान्तिकारीसहित एमाले निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ लगायत १० वटा विद्यार्थी संगठनहरु दर्ता रहेका छन्।

क्याम्पसमा मतदाता विद्यार्थीहरुको संख्या ५ हजार ९४२ रहेको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .