ad ad

कर्णाली


अस्पतालमा भर्ना भएका बिरामी खोलामा मृत फेला

अस्पतालमा भर्ना भएका बिरामी खोलामा मृत फेला

सांकेतिक तस्बिर।


दिनेश बुढा
चैत ७, २०७९ मंगलबार १०:०, सुर्खेत

जुम्लामा उपचारका लागि अस्पतालमा भर्ना भएका बिरामी खोलामा मृत फेला परेका छन्। प्रहरीका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका एक बिरामी मृत फेला परेका हुन्। 

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार तातोपानी गाउँपालिका–५ लाम्रा घर भएका ७० वर्षीय लालु नेपाली दमको उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आएका थिए।

लालु प्रतिष्ठानको कार्यालय अगाडि रहेको जुगार्ड खोलामा मृत फेला परेका प्रहरीले जनाएको छ। लालु उपचारको लागि चैत ४ गते प्रतिष्ठानमा आएका थिए। 

बिरामी लालुको कुरुवा उनकि बुहारी दुरपति नेपालीले गरेका थिइन्। बिरामी लालु  चैत ५ गते राति करिब १२ बजेको समयमा प्रतिष्ठानबाट बाहिर निस्केका थिए। 

तर, बिरामी कुरुवा बुहारी दुरपतीले खोज्दा राती नभेटिएपछि प्रहरीलाई खबर गरिएको थियो।

उक्त दिनको राती नै प्रहरीलाई घटनाबारे जानकारी प्राप्त भएपनि प्रहरीले सोमबार बिहान मात्रै खोज्दै गर्दा खोलामा लालु मृत अवस्थामा फेला परेका थिए।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी निरीक्षकको कमाण्डमा तीन जना प्रहरी खटिएर बिरामी लालुलाई खोजेका थिए। 

यता आफन्तले अस्पतालमा भर्ना भएका बिरामी खोलामा मृत भेटिनुमा अस्पताल प्रशासनको गम्भीर लापरबाही भएको अरोप लगाएका छन्।

आफन्तहरूले उक्त वर्डामा खटिएका स्वास्थ्यकर्मी तथा प्रतिष्ठानको मुल गेटमा खटिएका सुरक्षाकर्मीलाई कारबाही हुनुपर्ने माग राखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .