कर्णाली


मन्त्री बन्न कांग्रेसभित्र हानथाप, रोकियो शपथ

मन्त्री बन्न कांग्रेसभित्र हानथाप, रोकियो शपथ

बुधबार मन्त्रीको शपथ लिन तयार नेताहरु


दिनेश बुढा
बैशाख ६, २०८० बुधबार १६:०, सुर्खेत

कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसभित्र मन्त्री बन्ने विषयमा लफडा भएको छ। जसका कारण नेपाली कांग्रेसबाट सरकारमा सहभागी तीन मन्त्रीको शपथसमेत रोकिएको छ। 

सिनियर नेताको नाम सिफारिस नगरिएको भन्दै कांग्रेस कर्णालीमाा असन्तुष्टि देखिएपछि बुधबार तीन बजे हुने भनिएको मन्त्रीहरुको शपथ अन्यौल बनेको हो।

मंगलवार कांग्रेसले तीन जना मन्त्रीको नाम मुख्यमन्त्री राजकुमार शर्मासमक्ष सिफारिस गरेको थियो। तर, सिनियर नेताहरुलाई बाइपास गरिएको र समावेशीतालाई ध्यान नदिएको भन्दै नेताहरुले केन्द्रमा असन्तुष्टि जनाएका थिए।

त्यसपछि पार्टी सभापति शेरबहादुर देउवाको सचिवालयमार्फत मुख्यमन्त्री शर्मालाई शपथ रोक्न दबाब आएको कांग्रेस स्रोतले दाबी गरेको छ।

जाजरकोटका प्रदेशसभा सदस्य राजिवविक्रम शाह, सुर्खेतकी जानकी सिंह लगायतका नेताहरुले मन्त्री सिफारिसमा असन्तुष्टि जनाएको बुझिएको छ।      

कांग्रेसले मंगलवार सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेललाई सामाजिक विकासमन्त्री, जाजरकोट प्रेदशसभा ‘क’ बाट निर्वाचित बेदराज सिंहलाई आर्थिक मामिला तथा योजना र दैलेख क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसहित सरकारमा पठाउने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .