ad ad

कर्णाली


बजेटमा कर्णाली : कृषि र पूर्वाधार प्राथमिकता

बजेटमा कर्णाली : कृषि र पूर्वाधार प्राथमिकता

दिनेश बुढा
जेठ १५, २०८० सोमबार १९:३७, सुर्खेत

सरकारले आगामि आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको बजेट भाषणमा कर्णाली प्रदेशमा भने कृषि तथा पूर्वाधार विकासलाई प्रथामिकतामा राखिएको छ।

अर्थमन्त्री महतले प्रस्तुत गरेको बजेटमा कर्णाली प्रदेशको अर्गानिक रैथाने बालीको उत्पादन तथा खरिद गरिने भएको छ। कर्णालीका विभिन्न जिल्लामा उत्पादन हुने अन्नबाली चिनो, कागुनो, कोदो, जौ, फापर र मार्सी धान लगायतको रैथाने बालीलाई उत्पदान गरि खरिदका लागि पहल गर्ने भएको छ।

यस्तै, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा खाद्यवस्तुहरुको परीक्षणका लागि विषादी प्रयोगशालाको स्थापना गरिने, कृषि उत्पादनमा सहयोग पुर्याउनका लागि कर्णाली प्रदेशका १० वटै जिल्लामा रहेका विभिन्न नदीहरुबाट पानी लिफ्टिङबाट सिँचाइ आयोजना, एकीकृत कर्णाली सिँचाइ विकास आयोजना र रैथाने बालीको विकास गरिने, जसका लागि आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री महतले बताए।

कर्णाली समृद्धि कार्यक्रम, ‘सिँचाइमा लगानी, खेतबारीमा पानी’ भन्ने नाराका साथ भेरी–बबई डाइभर्सनमा पावर हाउस लगायतका कामको सम्पन्न गरि बर्दिया र बाँके जिल्लाका २१ हजार हेक्टर जमिनमा वर्षभरी नै सिँचाई पुग्ने पानीको व्यवस्था जस्का लागि १ अर्ब ७४ करोड बजेट विनियोजन भएको छ।  

यस्तै, सबै भन्दाबढी कर्णाली प्रदेशका पूर्वाधार विकासमा बजेटमा जोड दिइएको छ। रुकुम पश्चिमको चौरजहारी र जुम्लाको खलंगामा रहेको विमानस्थलको स्तरोउन्नति गरिने, सुर्खेतको पञ्चपुरी नगरपालिका र दैलेखको महावु गाउँपालिका लागि खानेपानीको अयोजना, सुर्खेत उपत्यकाको लागि भेरी पम्पिङ अयोजना, मध्यपहाडी राजमार्ग अन्तर्गत जाजरकोट जिल्लामा पर्ने सडकका लागि आवश्यक बजेट विनियोजन, मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतमा पर्ने सडक खण्डको लागि आवश्यक बजेट विनियोजन गरिएको छ।
 

हालसम्म पनि राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्ला जिल्लालाई ट्राक खोल्ने काम गरेर जिल्लाको सदरमुकाम सिमिकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोडिने, कर्णाली करिडोर अन्तर्गतको कालीकोटको खुलालुदेखि हुम्लाको सल्लिसल्लासम्मको सडक निर्माणका लागि लागि ९७ करोड बजेट विनियोजन, गत असोज महिनामा करिब एक हप्तासम्म परेको पानीपछि आएको बाढी पहिरोबाट भत्किएको कर्णाली राजमार्गको स्तरोन्नति र भेरी करिडोर अन्तर्गतको जाजरकोट–दुनै डोल्पा सडकखण्डका लागि ५० करोड बजेट विनियोजन गरिएको छ।

यस्तै, कोहलपुर–सुर्खेतको सडक स्तरोन्नति गर्नका लागि आवश्यक बजेट विनियोजन, सुर्खेतको भेरीगंगगामा नगरपालिकाको भेरी किनारामा एकीकृत बस्ती विकास गरिने, कर्णाली नदीमा जलधार कार्यक्रमका लागि बजेट विनियोजन साथै दैलेखमा उत्खन्नको क्रममा रहेको पेट्रोलियम पदार्थको अन्वेशण कार्यालाई निरन्तता दिने जस्ता कुरा बजेटमा समावेश भएका छन्।

कर्णालीको प्रदेशको राजधानी सुर्खेतमा मेडिकल कलेज सञ्चालन, सुर्खेतमा निर्माधिन सरुवा रोग अस्पताललाई सम्पन्न गरि आगामी वर्षबाट सञ्चालनमा ल्याउने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाद्वारा सञ्चालित दैलेखको आठबीस नगरपालिका राकममा १०० श्ययाको स्टालाइट अस्पतालको निर्माणको काम अगाडी बढाइने योजना बजेटमा उल्लेख छ।

यस्तै, कर्णाली नदीमा जोखिम नियन्त्रण गर्न आवश्यक बजेट, आगामी दुई वर्ष भित्र सबै जिल्लामा विद्युत पुर्याउने उद्देश्यका साथ १०६ मेघाहवट जगदुल्ला विद्युत आयोजनालाई निरन्ता दिने, ४०० केभी भेरी करिडोर र कर्णाली करिडोर विद्युत प्रशारण लाइनको कामलाई अगाडी बढाईने र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्गामा रहेको मौसमि राडरलाई पूर्ण रुपमा सञ्चालनामा ल्याइने सरकारले बजेटमा घोषणा गरेको छ।

यस्तै, कर्णाली प्रदेश प्रदेशमा जडिबुटीमा गुणस्तरीय पकेट क्षेत्र बनाउने, डोल्पाका ऐतिहासिक तथा स्थानीय सांस्कृतिलाई पर्यटनमा जोड्नका लागि ‘नेपाल घुमौं नेपाल चिनौँं’ नाराका साथ डोल्पा जिल्लामा पर्यटकीय पदमार्ग निर्माण गरिन, सल्यानको छत्रेश्वरी, दैलेखको पञ्चकोसी र जुम्लाको चन्दननाथ मन्दिरलाई धार्मिक स्थलको रुपमा स्तरोउन्नति गर्ने जस्ता योजना बजेटमा समावेश गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .