ad ad

कर्णाली


रोकिराखेको जिप आफैँ ‘ब्याक’ भई सडकबाट खस्दा २ जनाको मृत्यु

रोकिराखेको जिप आफैँ ‘ब्याक’ भई सडकबाट खस्दा २ जनाको मृत्यु

दुर्घटनास्थल


दिनेश बुढा
जेठ २५, २०८० बिहिबार ९:२६, सुर्खेत

कालिकोटमा रोकेर राखिएको जिप आफैं ‘ब्याक’ भएर सडकबाट खस्दा दुई जनाको घटनास्थलमै मृत्य भएको छ।

जिल्लाको रास्कोट नगरपालिका–२, सेरा बजारमा रोकिराखेको ग ३ च ४६१० नम्बरको डबल क्याब जिप आज बिहान पौने ८ बजेतिर एक्कासि ब्याक हुन गई सडकबाट तीन सय मिटर तल खसेर दुर्घटना भएको कालिकोट प्रहरीले जनाएको छ। 

दुर्घटनामा परेकाे जिप।

दुर्घटनामा परी त्यसमा रहेका रास्कोट नगरपालिका १ का ४३ वर्षीय मानबहादुर शाही र सोही ठाउँकी ३६ वर्षीया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरिक्षक सुवराज बमले जानकारी दिए। यस्तै दुर्घटनामा परी सोही ठाउँकी ३० वर्षीया रीता शाही गम्भीर घाइते भएकी छन्।

प्रहरी निरीक्षक बमका अनुसार उक्त जिप सेरा बजारबाट कालिकोट सदरमुकाम मान्मतर्फ जाँदै थियो। जिप न्युट्रलमा राखेर चालक बाहिर रहेको अवस्थामा दुर्घटना भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .