ad ad

मधेस


कारमा स्रोत नखुलेको १८ लाख लिएर आउँदै गर्दा ४ जना पक्राउ

कारमा स्रोत नखुलेको १८ लाख लिएर आउँदै गर्दा ४ जना पक्राउ

फाइल तस्बिर


नेपालखबर
जेठ २५, २०८० बिहिबार १०:२, सर्लाही

सर्लाहीमा प्रहरीले स्रोत नखुलेको १८ लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका ११ बाट एउटा कारसहित बुधबार उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

पक्राउ पर्नेमा कार चालक मकवानपुरको हैटौँडा उपमहानगरपालिका ३ बासामाडी घर भएका ४० वर्षीय हेमराज विश्वकर्मा, सुनसरीको बराहक्षेत्र नगरपालिका ४ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ३१ वर्षीय मौसम मग्राती, सर्लाहीको बागमती नगरपालिका १ का ३१ वर्षीय दीपक तामाङ र खोटाङको रावाबेँसी गाउँपालिका ४ का ४४ वर्षीय विमल तामाङ छन्।

पश्चिमबाट पूर्वतर्फ आउँदै गर्दा बागमती प्रदेश ०१ ०२६ च ०२९९ नम्बरको कारको डिकीमा राखिएको झोलाबाट स्रोत नखुलेको १८ लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय (हरिवन) को हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .