कर्णाली


वीरेन्द्रनगरका यी दस वडामा पहिरो र डुबानको जोखिम, नगरपालिकाले थाल्यो विपद् व्यवस्थापन तयारी

वीरेन्द्रनगरका यी दस वडामा पहिरो र डुबानको जोखिम, नगरपालिकाले थाल्यो विपद् व्यवस्थापन तयारी

शनिबार बसेको वीरेन्द्रनगर नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठक


नेपालखबर
असार २३, २०८० शनिबार ११:२३, सुर्खेत

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले विपद् व्यवस्थापनको तयारी थालेको छ। बर्खायामको समयमा जुनसकै बेला हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न तयारी थालिएको हो। 

शनिबार बिहान बसेको विपद् व्यवस्थापन समितिको बैठकले वीरेन्द्रनगरका १६ वटै वडास्थित वडास्तरीय विपद् व्यवस्थपान समितिको बैठक यही महिनाभित्र बसी आवश्यक तयारी थाल्न निर्देशन दिएको हो। 

नगरप्रमुख महोनमाया ढकालले बैठकले स्थानीय प्रशासनसँग नगरपालिकाले समन्वय गरेर पालिकामा रहेका विपद्का सामग्राहीसहित पूर्वतयारीमा रहनेगरी एउटा संयन्त्र बनाउने निर्णय भएको जानकारी दिइन्। 

यस्तै, नगरपालिकाका वडा नम्बर १२, १३, १४, १५ र १६ मा पहिरो जानसक्ने ठाउँको पहिचान गरी सचेतना फैलाउने र विपद्‌बाट हुने घटनामा तत्काल उद्धारका सामग्री पुर्‍याउने गरी तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ। 

यस्तै, डुबान हुनसक्ने क्षेत्र वडा नम्बर १, २, ३, १० र ११ स्थलगत अनुगमन गरेर पानी निकास हुने स्थान खुला छन् कि बन्द, त्यसको जानकारी लिने र आवश्यक तयारी थाल्ने नगरपालिकाले जनाएको छ। 

साथै नगरपालिकाले विपद्‌बाट बच्न स्थानीय प्रशासन नगरपालिका र रेडक्रस सोसाइटीसँग समन्वय गरी आवश्यक जनशक्ति, सामग्री, पालिकाका डोजर र उद्धारका अन्य सामग्री तयारीका साथ राखेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .