कर्णाली


२४ हजार नेता–कार्यकर्तालाई पार्टी स्कुलमा जोड्दै एमाले कर्णाली

२४ हजार नेता–कार्यकर्तालाई पार्टी स्कुलमा जोड्दै एमाले कर्णाली

नेपालखबर
असार ३१, २०८० आइतबार १३:३१, सुर्खेत

नेकपा एमाले कर्णाली प्रदेशले पाँच दिने प्रदेशस्तरीय प्रशिक्षक–प्रशिक्षण कार्यक्रम गरेको छ। उक्त कार्यक्रममा आन्तरिक सुदृढीकरणका लागि २४ हजार एक सय नेता कार्यकर्तालाई पार्टीको स्कुलमा जोड्ने कार्य योजना पारित गरेको छ।

कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश कमिटी, जिल्ला कमिटीका पदाधिकारी र सचिवालय सदस्य, पालिका र वडा कमिटीका सदस्य तथा २३ वटै जनवर्गीय संगठनका पदाधिकारी र सदस्यहरु गरेर २४ हजार नेता–कार्यकर्तालाई एक वर्षमा प्रदेश पार्टी स्कुल विभागमा जोड्ने योजना नेकपा एमाले कर्णाली प्रदेश किमटीको पार्टी स्कुल विभागले निर्माण गरेको हो।

सुर्खेतमा आयोजना गरेको पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम कार्यक्रममा कार्ययोजना पारित गर्दै एमाले कर्णालीले प्रदेशका दशवटै जिल्लाका पार्टीका नेता, जनप्रतिनिधि र पार्टी सदस्यहरुका लागि प्रशिक्षण प्रदान गर्ने गरी कार्य योजना निर्माण गरेको केन्द्रीय सदस्य तथा पार्टी स्कुल विभाग कर्णाली संयोजक विष्णु रिजालले जानकारी दिए।

रिजालकाअनुसार त्यसका लागि प्रदेश र जिल्लातहमा स्थायी रुपमा पार्टी स्कुल सञ्चालन गर्ने योजना अघि सारिएको छ।

यस्तै, केन्द्रीय कमिटी सदस्यहरुको छुट्टै कार्याशालाको आयोजना पनि एमाले कर्णालीले गर्ने भएको छ।

यस्तै, प्रदेश स्कुल विभागले आगामी भदौभित्र एमाले कर्णाली प्रदेशको आधारभूत पुस्तिका प्रकाशन गर्ने भएको छ।

नेता रिजालका अनुसार एमालेले कर्णालीबाट प्रतिनिधित्व गर्ने २८ जना केन्द्रीय सदस्यहरुका लागि भदौमा कार्यशाला आयोजना गरिनेछ भने १ सय ३५ जना प्रदेश कमिटी सदस्यहरुका लागि असोजमा, जिल्ला कमिटीका ५५ जना पदाधिकारी र सचिवालय सदस्यहरुका लागि कार्तिक महिनामा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .