कर्णाली


वीरेन्द्रनगरमा बालकलाई ठक्कर दिएर फरार मोटरसाइकल चालक पक्राउ

वीरेन्द्रनगरमा बालकलाई ठक्कर दिएर फरार मोटरसाइकल चालक पक्राउ

नेपालखबर
असोज १४, २०८० आइतबार १९:५, काठमाडौँ

शनिबार सुर्खेतको वीरेन्द्रनगरस्थित एरिचोक नजिक बालकलाई ठक्कर दिएको मोटरसाइकल र चालक पक्राउ परेका छन्।

प्रहरीले गुर्भाकोट नगरपालिका–१४ गुमीका ३१ बर्षीय अर्जुन पुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनको साथबाट कर्णाली प्रदेश ०३–००२ प ९२०३ नम्बरको मोटरसाइलक पनि नियन्त्रणमा लिएको हो। 

उक्त मोटरसाइकलको ठक्करबाट शनिबार दैलेखको आठबीस नगरपालिका–६ खिड्कीज्युलका ५ वर्षीय दिग्दर्शन पुरीको मृत्यु भएको थियो। 

वीरेन्द्रनगर(३ यरिचोक नजिकको गोकुल कटेज नजिकै उक्त मोटरसाईकलले मामाको घरबाट फुपुको घर जाँदै गरेका बालक पुरीलाई ठक्कर दिएको थियो। 

ठक्करबाट घाईते भएका बालकलाई उपचारका लागि कर्णाली केयर अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको थियो। 

घटनापछि फरार रहेका चालक र मोटरसाइकललाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको हो। 

बालकका आफन्तहरूले पीडकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै वीरेन्द्रनगरमा शनिबार र आइतबार आन्दोलन गरेका थिए। 

उनीहरूले कर्णाली राजमार्गको दैलेख खण्डमामा पनि सडक अवरुद्ध गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .