कर्णाली


एमाले कर्णाली अधिवेशन : केन्द्रको निर्देशनविपरीत गुटबन्दीमा नेताहरू

एमाले कर्णाली अधिवेशन : केन्द्रको निर्देशनविपरीत गुटबन्दीमा नेताहरू

नेपालखबर
असोज १४, २०८० आइतबार २०:५, सुर्खेत

केन्द्रले सर्वसम्मत नेतृत्व चयनको निर्देशन दिएपनि एमाले कर्णाली प्रदेश अधिवेशनमा गुटबन्दी देखिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनविपरीत नेताहरूले आ–आफ्नो प्यानल बनाएर लिस्ट सार्वजनिक गरेका हुन्। 

अध्यक्षका प्रत्यासी गुलावजंग शाहले आफ्नो टीमको नाम उल्लेख गर्दै लिस्ट तयार पारेर पर्चा बाँडेका हुन्। 

उक्त पर्चाहरू अहिले सामाजिक सञ्जालमा यत्रतत्र भेटिएका छन्। 

कर्णाली प्रदेश अधिवेशनमा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि आग्रह गरेका थिए। 

सकेसम्म सर्वसम्मत नेत्तृव चयन गर्ने यदी नभएर चुनाव लड्नुपर्ने तर, प्यानल बनाएर चुनाव लड्न नपाई निर्देशन दिएका थिए।

तर, कर्णालीमा ओलीले भनेको ठ्याक्कै उल्टो भएको छ।

एमाले एक केन्द्रीय सदस्यका अनुसार एमालेका पोटिलब्यूरो सदस्य जाजरकोटका भैरवसुन्दर श्रेष्ठनै अध्यक्षका उम्मेदवार गुलावजंग शाहको लिष्ट बाँड्दै हिँडेको अरोप लगाए।

यसअघि कर्णाली प्रदेश अधिवशेनका लागि एमाले सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्टको अध्यक्षतामा बनेको अध्यक्ष मण्डलले कुनै पनि उम्मेदवारले यसरी लिस्ट बाँड्न नमिल्ने र यदी बाँडेको भेटिएमा उम्मेदवारी खोरजी गर्ने निर्णय गरेको थियो।

तर, आचारसिंहताविरुद्ध उम्मेदवारको लिस्ट बाँडिरहे पनि अध्यक्षमण्डलले कुनै चासो दिएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .