कर्णाली


एमाले कर्णाली अधिवेशन : ४ सय मत गणना हुँदा गुलावजंग शाह दोब्बर मतले अघि

एमाले कर्णाली अधिवेशन : ४ सय मत गणना हुँदा गुलावजंग शाह दोब्बर मतले अघि

नेपालखबर
असोज १५, २०८० सोमबार १८:५७, सुर्खेत

नेकपा एमाले कर्णालीको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा चार सय मत गणना गर्दा अध्यक्षका उम्मेदवार गुलावजंग शाहले दोब्बर मतले अग्रता बढाएका छन्।

उनले २ सय ५० मत प्राप्त गरेका छन्।

जम्मा खसेको ६०९ मतमा ४ सय मतगणना हुँदा शाहले अर्का अध्यक्ष पदका उम्मेदवार मीनबहादुर शाही भन्दा १२० मतले अग्रता लिएका हुन्।

मीनबहादुर शाहीले १३० मत पाएका छन्। अर्का अध्यक्षका उम्मेदवार प्रकाश रोकायाले ३ मत प्राप्त गरेका छन्। 

यस्तै, उपाध्यक्ष पदका उम्मेदवार टेकराज पछाईले २३०, लालबहादुर महताराले १२२ र दानसिंह परियारले ३० मत प्राप्त गरेका छन्।

सचिवमा ध्रुवकुमार शाहीले २७६ र रूद्रबहादुर शाहीले १०२ मत प्राप्त गरेका छन्।

यस्तै, उपसचिवमा उब्जनबहादुर शाहीले ३७, तेजकुमार वि।कले ४८, धिरेन्द्रराज गिरीले ४०, नारायणकुमार शाहले १९, पद्मा खड्काले ९४, बखतबहादुर भण्डारीले २२, मेनका पछाई ६८, रमेशकुमार शाहीले १७१ र रविन्द्रराज शर्माले १९० मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .