कर्णाली


वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ४ अर्ब ७१ करोडको बजेट

वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ४ अर्ब ७१ करोडको बजेट

नेपालखबर
असार १०, २०८३ बुधबार २०:४०, सुर्खेत

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७१ बढीको बजेट ल्याएको छ।

बुधबार १९ औँ नगर सभामा नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले आर्थिक वर्ष २०८३÷०८४ का लागि ४ अर्ब ७१ करोड २ लाख ७२ हजारको बजेट अनुमान प्रस्तुत गरेका हुन्।

चालु आर्थिक वर्षका लागि ४ अर्ब ३८ करोडको बजेट ल्याएकोमा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३२ करोड ७५ लाख बढी ल्याएको छ।

आगामी वर्षका लागि खनालले प्रस्तुत गरेको कुल बजेटमध्ये ६४ प्रतिशत हिस्सा अर्थात् ३ अर्ब २ करोड ७० लाख रुपैयाँ विकासतर्फ (पुँजीगत) विनियोजन गरिएको छ भने चालुतर्फ १ अर्ब ६८ करोड ३१ लाख विनियोजन गरिएको छ। 

खर्च बेहोर्ने स्रोतमा संघीय वित्तीय समानीकरण अनुदानबाट २४ करोड ६० लाख, संघीय ससर्त अनुदानबाट २ अर्ब ६७ करोड ९६ लाख, संघीय राजस्व बाँडफाँट २१ करोड ३६ लाख ४७ हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट ३ करोड ५३ लाख ३५ हजार, प्रदेश ससर्त अनुदानबाट ५० करोड ३५ लाख ७२ हजार र प्रदेश राजस्व बाँडफाँट ४४ लाख ११ हजार राखिएको छ।

यस्तै संघीय तथा प्रदेशको समपूरक विशेष अनुदान ४ करोड ५९ लाख, स्थानीय राजस्व बाँडफाँट १८ करोड तथा नगरपालिकाको आन्तरिक आयबाट ३३ करोड ६ लाख ६५ हजार रुपैयाँ खर्च बेहोर्ने स्रोतमा राखिएको छ।

चालु आर्थिक वर्षको बचत रकमबाट ३ करोड ९३ लाख ५७ हजार र सामाजिक सुरक्षा अनुदानबाट ३४ करोड खर्च बेहोरिने बजेटमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad