कर्णाली


नेकपाले संसद् अवरुद्ध गरेपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

नेकपाले संसद् अवरुद्ध गरेपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

नेपालखबर
असार ११, २०८३ बिहिबार १४:५७, सुर्खेत

प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संसद् अवरुद्ध गरेपछि कर्णाली प्रदेशसभा बैठक स्थगित भएको छ।

बिहीबार दिउँसो १ बजे बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको चौधौँ बैठक नेकपाले अवरुद्ध गरेको हो।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको विषयगत मन्त्रालयमाथि छलफल हुने कार्यसूची थियो। तर, बैठकमा सुरुमै नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहीले बजेटमाथि धारणा राख्दै बैठक अगाडि बढ्न नदिने बताएका थिए।

उनले बजेटमा सरकारले आफैँ कमजोरी गर्ने तर, विपक्षी दललाई पेलेर अघि बढ्ने प्रवृत्ति लोकतान्त्रिक अभ्यासविपरीत रहेको धारणा व्यक्त गरे। साथै उनले कमजोरी भएको बजेटलाई सत्तापक्षले बहुमतको आधारमा अघि बढाउन खोजेको प्रतिपक्ष दलको आरोप छ।

शाहीले बोलिसकेपछि सबै सांसदहरू सदनमा उभिएर बैठक सञ्चालनमा अवरोध पुर्‍याएका थिए। त्यसपछि सभामुख नन्दा गुरुङले १५ मिनेटका लागि बैठक स्थगित गरेकी छन्। १५ मिनेटका लागि स्थगित भएको बैठक अहिलेसम्म बस्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad