कर्णाली


सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

नेपालखबर
असोज २०, २०८० शनिबार १७:१३, काठमाडौँ

सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बस दुर्घटनामा परि दाङको तुलसीपुर उपमहानगरपालिका–६ बस्ने ३१ वर्षीय सुमित्रा सुनार र सल्यानको त्रिवेणि गाउँपालिका–६ बस्ने अन्दाजी ४० वर्षीयाअनिता बोहराको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शनिबार (असोज २०) गते दिउँसो ३ बजेको सयमा ना६ख ५४६३ नम्बरको बस दुर्घटनामा परेको हो। 

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नविन कार्कीले दाङको तुलसीपुरबाट सल्यानको जयचौरका लागि छुटेको उक्त बस सल्यानको कपुरकोट गाउँपालिका–३ मुलपानी नजिकै दुर्घटना भएको जनाकारी दिए।

उनले भने, ‘दुर्घटनामा परि अन्य १४ जना घाइते भएका छन्। उनीहरूलाई उद्धार गरेर उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुर दाङ पठाइएको छ। घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .