कर्णाली


जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो, रुकुम-पश्चिममा मात्रै ६२ जनाको मृत्यु

जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो, रुकुम-पश्चिममा मात्रै ६२ जनाको मृत्यु

भूकम्पले जाजरकोटमा भत्किएको घर। तस्बिर : रासस


दिनेश बुढा
कात्तिक १८, २०८० शनिबार ९:५, सुर्खेत

जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ। 

अहिलेसम्म प्राप्त तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुमुकपश्चिममा ६२ जनाको मृत्यु भएको हो। घाइतेको संख्या डेढ सयभन्दा माथि पुगिसकेको छ। 

भूकम्पमा परी गम्भीर घाइते भएका रुकुमपश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो।  

रुकुमपश्चिको आठबीसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीले भूकम्पमा परी आफ्नो नगरपालिकामा मात्र ५२ जनाको मृत्यु भएको नेपालखबरलाई जानकारी दिइन्। 

यस्तै, आठबीसकोटमा ६० जना घाइते भएका छन्। तीमध्ये गम्भीर ३ जनालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ।

उपप्रमुख धनकुमारीका अनुसार उद्धार र क्षतिको विवरण संकलन जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .