कर्णाली


बालकुमारी घटना : आइतबार सुर्खेतमा सवारी साधन बन्द गराउने घोषणा

बालकुमारी घटना : आइतबार सुर्खेतमा सवारी साधन बन्द गराउने घोषणा

नेपालखबर
पुस १४, २०८० शनिबार १७:११, काठमाडौँ

ललितपुरको बालकुमारीमा भएको घटनालाई लिएर आन्दोलनरत संघर्ष समिति सुर्खेतले आइतबार जिल्लामा सम्पूर्ण सरकारी सवारीसाधन पूर्णरुपमा बन्द गराउने घोषणा गरेको छ। शनिबार एक अपिल पत्र जारी गर्दै आन्दोलन संघर्ष समितिले उक्त घोषणा गरेको हो। 

शुक्रबार ललितपुरको बालकुमारीमा (ईपीएस) कोरिया भाषा परीक्षाको विषयमा भएको आन्दोलनमा प्रहरीको लाठिचार्ज तथा गोली प्रहारबाट दैलेखका सुजन रावत र अछामका वीरेन्द्रबहादुर शाहको मृत्यु भएको छ। 

उक्त विषयलाई लिएर मृतक सुजन र वीरेन्द्रका आफन्तहरूले चरणबन्द आन्दोलनका कार्यक्रम अन्तर्गत आइतबार सुर्खेतका सम्पूर्ण सरकारी सवारी साधन पूर्णरुपमा बन्द गर्ने र दिउँसो १२ बजेदेखि १ बजेसम्म एक घण्टाका लागि सम्पूर्ण सवारी साधन बन्द गर्ने घोषणा गरेका छन्। 

साथै आफन्तहरूले आन्दोलन भइराखेको ठाउँमा जवरजस्ती झण्डा हल्लाउँदै भीडमा प्रवेश गर्ने भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र गोली हान्न आदेश दिने गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्। 

यस्तै, घटनामा संलग्न अन्यलाई कानून अनुसार कारबाही हुनुपर्ने, दोषिदलाई कारबाही र मृतक युवाहरूलाई सहिद घोषणा, पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालनपालनको ग्यारेन्टी लगायतका माग आफन्तहरूको रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .