ad ad

कर्णाली


युवकको शंकास्पद मृत्यु : पोष्टमार्टमका लागि प्रदेश अस्पताल ल्याइयो शव

युवकको शंकास्पद मृत्यु : पोष्टमार्टमका लागि प्रदेश अस्पताल ल्याइयो शव

नेपालखबर
माघ २, २०८० मंगलबार २०:४८, सुर्खेत

मृत भेटिएका सुर्खेतको पञ्चपुरी नगरपालिका–६ का १८ वर्षीय भरत बुढाको शव प्रदेश अस्पताल ल्याइएको छ।

प्रारम्भिक अनुसन्धान गरेर भरतको शव पोष्टमार्टका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापा नेतृत्वको टोली भरतको शव ल्याएर फर्किएको प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए।

उनले नेपालखबरसँग भने, ‘त्यहाँ पुगेको एसपीसाप र तालिम प्राप्त कुकुरसहितको टोली प्रारम्भिक अनुसन्धान गरेर मृतकको शव लिएर फर्किएको छ। घटना शंकास्पद छ। भोलि पोष्टमार्टम हुन्छ। पोस्टमार्टम रिपोर्टपछि थप अनुसन्धान थाल्छौं।’

घटनाका बारेमा हालसम्म कुनै पनि जाहेरी दर्ता नभएको उनले बताए।

सोमबार राति १ बजेको समयमा भरतको शव भेटिएको खबर जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई प्राप्त भएको थियो। घटनाबारे जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय बावियाचौरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

मंगलबार बिहान कोहलपुरबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो भने जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी खड्का पनि घटनास्थलमा पुगेका थिए।

प्रहरीका अनुसार १८ वर्षीय भरतको शव घरसँगै रहेको बाख्राको खोर नजिकै शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा फेला परेको थियो। उनकी १५ वर्षीया बहिनी पनि सामान्य घाइते भएकी छन्।

स्रोतका अनुसार मृतक भरतकी बहिनीले राति पिसाव फेर्न जादा आफूमाथि एक आफन्तले आक्रमण गरेपछि बचाउन गएका दाइलाई कुटपिट गरी हत्या गरेको दाबी गरेकी छन्।

तर, तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली अनुसन्धनका लागि घटनास्थल पुगेर फर्किए पनि अहिलेसम्म घटनाको क्लु भने पत्ता लाग्न सकेको छैन।

भरतकी बहिनीले भने अनुसार कुटपिट गर्ने ती आफन्तलाई स्थानीय तथा प्रहरीले निगरानीमा राखेका छन्।

पञ्चपुरी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष नरबहादुर सिजापतीले भरतको घरमा १८ वर्षीय भरत र उनकी १५ वर्षीया बहिनी, उनका बुबा र कान्छी आमा बस्दै आएका जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .