कर्णाली


कर्णाली सरकारमा एमाले-माओवादीबीच किचलो बढ्दा ‘ढोक्सा’ थाप्ने दाउमा कांग्रेस

मुख्यमन्त्री शर्मालाई समस्या परे विश्वासको मत दिन तयार
कर्णाली सरकारमा एमाले-माओवादीबीच किचलो बढ्दा ‘ढोक्सा’ थाप्ने दाउमा कांग्रेस

दिनेश बुढा
चैत २०, २०८० मंगलबार ११:१८, सुर्खेत

सत्ता समीकरण फेरिएसँगै कर्णाली प्रदेश सरकारको नेतृत्वमा गठबन्धनका दल एमाले र नेकपा माओवादी केन्द्रबीच रस्साकस्सी चलिरहेको छ।

आज मंगलबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा माओवादीबाट मुख्यमन्त्री राजकुमार शर्मा विश्वासको मत लिने तयारीमा छन्।

तर केन्द्रमा भएको भागबन्डाअनुसार कर्णाली सरकारको नेतृत्व एमालेलाई दिन माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टीको कर्णाली कमिटीलाई निर्देशन दिइसकेका छन्। 

तर उनले यसअघि (आइतबार) नै विश्वासको मत लिनेबारे प्रदेशसभामा पत्र दर्ता गराइसकेका थिए। सोहीबमोजिम उनी यो खबर लेख्दासम्म विश्वासको मत लिने अडानमा छन्। 

यसैबीच केन्द्रमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस मुख्यमन्त्री शर्मालाई समस्या परेका खण्डमा विश्वासको मत दिन तयार भएको छ।

कांग्रेस स्रोतले भन्यो, ‘हाम्रो दलभित्र छलफल पनि चलेको छ। तर, दलको बैठक बसेर कुनै निर्णय गरेको छैन। यदि मुख्यमन्त्रीलाई विश्वासको मतमा समस्या भएको खण्डमा कांग्रेस सहयोग गर्न तयार छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .