कर्णाली


वीरेन्द्रनगर नगरपालिकाले माग्यो करारमा २७ नगर प्रहरी

वीरेन्द्रनगर नगरपालिकाले माग्यो करारमा २७ नगर प्रहरी

नेपालखबर
कात्तिक १४, २०८१ बुधबार ११:२६, काठमाडौँ

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले करारमा नगर प्रहरी भर्ना गर्ने भएको छ।

नगरपालिकाले सूचना जारी गरी करारमा २७ जना नगर प्रहरी माग गरेको हो।

नगरपालिकाले प्रहरी निरीक्षकको कमान्डमा नगर प्रहरी नायब निरीक्षक एक, नगर प्रहरी सहायक निरीक्षक दुई, नगर प्रहरी हबलदार तीन, नगर प्रहरी जवान (हेभी सवारी चालक) दुई र नगर प्रहरी जवान १८ जनाका लागि दरखास्त मागेको हो। 

सूचनमा भनिएको छ- यस कार्यालयको नगर प्रहरी सेवाको गठन, सञ्चालन र सेवा सर्तसम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०७९ बमोजिम देहायको पदमा खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस कार्यालयको प्रशासन शाखामा आवेदन दिनहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad