कर्णाली


मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्तमा ३ हजार ८४१ विद्यार्थी दीक्षित हुँदै

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्तमा ३ हजार ८४१ विद्यार्थी दीक्षित हुँदै

नेपालखबर
फागुन २०, २०८१ मंगलबार २०:३६, सुर्खेत

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहबाट ३ हजार ८४१ विद्यार्थीहरु दीक्षित हुँदै छन्। मंगलबार पत्रकार सम्मेलन गर्दै  विश्वविद्यालयले विभिन्न ग्य्राजुएट स्कूलहरु अन्तर्गत विभिन्न तहको शैक्षिकोपाधि हासिल गरेका विद्यार्थीहरुलाई दीक्षित गर्न लागेको जनाएको छ।

दीक्षान्त समारोह फागुन २३ गते शुक्रबार बिहान ११ बजे विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन परिसर, कुइनेपानीमा हुनेछ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षता तथा सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति एवम् जवाहरलाल नेहरु विश्वविद्यालय भारतका प्राडा महेन्द्र पी. लामाको प्रमुख आतिथ्यतामा सुरु हुने विद्यालयले जनाएको छ।

साथै समारोहममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवम् सहकुलपति विद्या भट्टराईको उपस्थिति रहेनछ।

दीक्षान्त समारोहमा विभिन्न तीन वर्षको ब्याजहरुबाट स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका ३ जनाले कुलपति पदक, स्नातक तहमा सर्वोत्कृष्ट भएका ३ जनाले उपकुलपति पदक, सबै ग्य्राजुएट स्कुलहरुबाट स्नातकोत्तर तहका लागि डीन लिष्टमा परेका ११ जना र स्नातक तहबाट १८ जना विद्यार्थीहरु गरी जम्मा ३५ जनाले प्रमाणपत्र सहित पदक पाउने छन्।

उक्त दीक्षान्त समारोहमा ग्रेस लिष्टमा रहेका ३८४१ जना विद्यार्थीहरु दीक्षित हुने र जसमध्ये ८८५ जना विद्यार्थीहरुले सहभागिताको लागि आवेदन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad