नापी कार्यालय रुकुम पश्चिमको साइनबोर्ड ह्याक भएको छ। रुकुमपश्चिमको आठबीसकोट नगरपालिमा रहेको नापी कार्यालयको डिजिटल बोर्ड ह्याक भएको हो।
बोर्ड ह्याक गरेर ‘आई लभ यु प्रमिला, रियल्ली लभ यु’ लेखिएको छ।
आठबीसकोट नगरपालिकाका सूचना अधिकारी इन्द्रबहादुर विष्टले हिजो राती बोर्ड ह्याक भएको जानकारी दिए।
उनले भने, ‘बोर्ड ह्याक भएको खबर आज बिहान बाहिरिएको हो। राति नै बोर्ड ह्याक गरेर त्यस्तो लेखिएको नापी कार्यालयका कर्मचारीबाट हामीले पनि जानकारी पाएका थियौँ, अहिले डिजिटल साइन बोर्ड बन्द गरिएको छ।’
विष्टले यस घटनाको विषयमा नापी कार्यालयले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा जानकारी गराइसकेको बताए। अनुसन्धानपछि कसले र किन ह्याक गरेको रहेछ भन्ने बारे थाहा हुन्छ, उनले भने।
162
Shares

प्रतिक्रिया