कर्णाली


सल्यानमा गाडीको ढोकाबाट खसेर एकजनाको मृत्यु

सल्यानमा गाडीको ढोकाबाट खसेर एकजनाको मृत्यु

नेपालखबर
चैत २२, २०८१ शुक्रबार १६:३८, सुर्खेत

सल्यानको छिन्चु–जाजरकोट सडक खण्ड अन्तरगत सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१ बाङगिरामा गुडिरहेको गाडीको ढोकाबाट लडेर एक यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेतको सिम्ता गाउँपालिका–५ का २८ वर्षीय गणेश बुढा रहेका छन्।

बिहीबार साँझ ६ बजे कर्णाली प्रदेश ०२००१ ख ०७९० को फोर्स गाडीको ढोकामा झुन्डिएर यात्रा गरिरहेका उनको ढोकाबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।

उनकाअनुसारका गाडी बाँकेको नेपालगन्ज हुँदै सुर्खेतको गोजीबजार जाँदै थियो।

लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि सुर्खेतको मेहलकुना अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक बस्नेतले बताए।

चालक सुर्खेतको सिम्ता गाउँपालिका-५ का ४३ वर्षीय जिवराज गिरीसहित गाडी इलाका प्रहरी कार्यालय देवस्थलको नियन्त्रणमा छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad