कर्णाली प्रदेश सत्ता साझेदार दल एमाले र कांग्रेसबीच असमझदारी बढेपछि दुई दल सम्मिलित संयन्त्रको बैठक बसेको छ। शनिबार दिउँसो नेपाली कांग्रेस प्रदेश समितिको कार्यालयमा बैठक बसेको हो।
सरकारको नेतृत्व गरिरहेको दल एमालेले गठबन्धन संस्कृतिको मर्मअनुरुप कांग्रेस नचलेको निष्कर्ष निकालेपछि दुई दलको प्रदेशस्तरीय संयन्त्रको बैठक बसेको हो।
बैठकमा कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, मुख्यमन्त्री यामलाल कँडेल, एमाले प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाह र प्रदेश इन्चार्ज गोरख बोगटी सहभागी छन्।
दुई दलबीच पछिल्लोपटक सत्ता साझेदारीमा देखिएको असमझदारीलाई लिएर बैठक बसेको हो।
78
Shares

प्रतिक्रिया