आगामी प्रतिनिधि सभा चुनावका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले नेता जनार्दन शर्माको नाम रुकुमपश्चिमबाट एकलरुपमा सिफारिस गरेको छ।
प्रगतिशील लोकतान्त्रिक पार्टी कार्यालय रुकुमपश्चिको मुसिकोट खलङ्गामा बुधबार बसेको पार्टीको बैठकले शर्मालाई उम्मेदवार बनाएको जिल्ला इन्चार्ज गोरखबहादुर केसीले जानकारी दिए।
शर्मा उक्त पार्टीको संरक्षक समेत हुन्। विभिन्न दलहरुबीच भएको एकतापछिको नेपाली कम्युनिस्ट पार्टीमा नगएर शर्माले छुट्टै पार्टी दर्ता गरेका छन्। उनी तत्कालीन माओवादी केन्द्रका उपमहासचिव थिए।
शर्माले तत्कालीन नेकपा माओवादी केन्द्रबाट २०६४ सालदेखि लगातार चुनाव जित्दै आएका छन्।
रुकुमपश्चिमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गोपाल शर्मालाई सिफारिस गरिसकेको छ। नेकपा एमालेबाट जिल्ला अध्यक्ष नन्दाराम देवकोटा र नेपाली कांग्रेसबाट गोपालजिजंग शाह र जिल्ला सभापति प्रेमप्रकाश वलीको नाम सिफारिस भएको छ।
Shares

प्रतिक्रिया