समाज


पिकनिकबाट फर्किँदै गरेको बस फेदी जंगलमा दुर्घटना

पिकनिकबाट फर्किँदै गरेको बस फेदी जंगलमा दुर्घटना

नेपालखबर
पुस २३, २०८२ बुधबार १८:५५, काठमाडौँ

जर्सिपौवाबाट फर्किदै गरेको महानगर यातायातको बस काठमाडौँको शंकरापुरा नगरपालिका-३, फेदी जंगलमा साँझ दुर्घटना भएको छ। 

बुधबार साँझ पौने ६ बजे महानगर यातायतको बा. ४ ख ८७८८ नम्बरको बस फेदी जंगलमा दुर्घटना भएको हो। बस सडकबाट करिब सय मिटर तल खसेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ। 

दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ। जर्सिपौवा पिकनिकबाट फर्किदै गरेको बस दुर्घटनामा परेको हो। 

दुर्घटनाको विस्तृत विरण आउन बाँकी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad