महोत्तरीमा विषालु सर्पको डसाइबाट एक बालकको मृत्यु भएको छ।
बर्दिबास नगरपालिका–१२ बिजलपुरा चल्की निवासी चन्दन कापरका ८ वर्षीय छोरा विवेकको सर्पदंशबाट मृत्यु भएको हो।
बुधबार साँझ घरनजिकैको आँप बगैँचामा गएका बेला उनलाई विषालु सर्पले टोकेको थियो। गम्भीर अवस्थामा उनलाई तत्काल बर्दिबास जनसेवा अस्पतालमा भर्ना गरिएको थियो।
उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा बिहीबार बिहान मृत्यु भएको अभिभावकले बताएका छन्।
बालकको उपचारमा करिब ७० हजार रुपियाँ खर्च भएको अस्पताल प्रशासनले जनाएको छ। तर, अत्यन्त कमजोर आर्थिक अवस्थाका अभिभावकले उक्त रकम तिर्न सकेका छैनन्।
रकम तिर्न नसक्दा अस्पतालले शवसमेत नदिएको गुनासो पीडित परिवारले गरेका छन्।
बर्दिबास जनसेवा अस्पतालका सञ्चालक सुमन भुजेलले मानवीय आधारमा उपचार खर्चमा १५ प्रतिशत छुट दिँदा पनि ७० हजार रुपैयाँको बिल उठेको बताए
बर्दिबासमा जनस्तरबाट सञ्चालित सर्पदंश उपचार केन्द्रमा गम्भीर अवस्थाका विरामीको उपचारमा आवश्यक पर्ने उपकरण र जनशक्ति नहुँदा बिरामीले महँगो शुल्क तिरेर निजी अस्तालमा उपचार गर्नुपर्ने बाध्यता छ।
Shares

प्रतिक्रिया