समाज


पोखरामा हायसले मोटरसाइकललाई ठक्कर दिँदा १९ वर्षीय युवकको मृत्यु

पोखरामा हायसले मोटरसाइकललाई ठक्कर दिँदा १९ वर्षीय युवकको मृत्यु

नेपालखबर
साउन ७, २०८३ बिहिबार १२:४०, काठमाडौँ

कास्कीको पोखरामा हायसले मोटरसाइकललाई ठक्कर दिँदा १९ वर्षीय युवकको मृत्यु भएको छ। 

पोखरा महानगरपालिका-१५ ढुंगेसाँघुस्थित सडकमा ग १ ज ८२५० नम्बरको हायसले ग १३ प ६०२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति दुर्घटना भएको थियो। 

दुर्घटनामा मोटरसाइकल चालक पोखरा-१५, टुटुङ्गाका १९ वर्षीय सौगात भन्ने लोकबहादुर गुरूङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बुधबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा थप उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ। हायस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad