भारतको हिमालचल प्रदेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानस्थित एकै गाउँका ९ जना नेपालीको मृत्यु भएको छ।
हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की बजारमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानस्थित सिद्धकुमाख गाउँपालिका-२ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको हो।
सिद्धकुमाख गाउँपालिका-२ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीका अनुसार यही पुस २७ गते राति हिमाचलमा भएको ग्यास सिलिन्डर विस्फोटमा उनीहरूको ज्यान गएको हो।
मृतकमा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरी १६ वर्षीया राधा विक, अर्की छोरी १० वर्षीया रेणुका विक र छोरा २२ महिनाका राजन विक छन्।
यसैगरी अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी श्रीमती ३२ वर्षीया टीका विक, छोरी ११ वर्षीया अनु विक र छोरा ७ वर्षीय किरण विकको मृत्यु भएको वडाध्यक्ष बुढाथोकीले बताए।

उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट भएको जानकारी पाइएको वडाध्यक्ष बुढाथोकीलले बताए।
उनका अनुसार विस्फोटपछि आगलागी भएर वरपरका घरसमेत जलेका छन्।
मृतकमध्ये केहीको शव जलेर नचिनिने अवस्था रहेको उनले बताए।
यस्तै धनबहादुर विक र काशीराम विकको परिवार २ वर्षदेखि रोजगारीका लागि भारतको हिमाचलमा थिए।
उनीहरूका परिवार अर्की बजारमा ज्याला मजदुरी गर्थे।
एकै गाउँका ९ जनाको एकैपटक मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ यतिबेला गहिरो शोकमा डुबेको छ।
आगलागीको भिडिओ फुटेज-
हिमाचल के सोलन में भीषण आग से एक बच्चे की मौत हुई है, कई लोग घायल है। pic.twitter.com/9OLYAYRkd9
— Chandan Singh Rajput (@imchandansinghs) January 12, 2026
Shares

प्रतिक्रिया