कर्णाली


कर्णालीमा मतदान सम्पन्न, मतपेटिका ढुवानी सुरु

कर्णालीमा मतदान सम्पन्न, मतपेटिका ढुवानी सुरु

तस्बिर : रासस


नेपालखबर
फागुन २१, २०८२ बिहिबार १८:३७, सुर्खेत

प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट मतपेटिका संकलन गरी मतगणनास्थलतर्फ ढुवानी गर्ने काम सुरु गरिएको छ। दुर्गम भौगोलिक अवस्थाका कारण केही जिल्लामा मतपेटिका ढुवानीमा समय लाग्ने निर्वाचन कार्यालयहरुले जनाएका छन्।

प्राप्त विवरणअनुसार सुर्खेत–१, दैलेख–१, जाजरकोट, सल्यान, रुकुम पश्चिम, कालिकोट, जुम्ला, मुगु, डोल्पा र हुम्ला लगायत जिल्लाबाट मतपेटिका संकलन गरी  मतगणनास्थलतर्फ पठाउने काम भइरहेको छ। 

कतिपय दुर्गम मतदान केन्द्रबाट मतपेटिका पैदल तथा गाडीमार्फत ल्याइँदैछ छ।

निर्वाचन कार्यालयका अनुसार अधिकांश जिल्लाबाट मतपेटिका सुरक्षित रूपमा मतगणनास्थलमा ल्याउने प्रक्रिया जारी रहेको छ। केही स्थानमा भौगोलिक कठिनाइका कारण ढुवानीमा समय लाग्ने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

मतपेटिका संकलन र ढुवानी कार्य सम्पन्न भएपछि सम्बन्धित जिल्लामा मतगणना सुरु गरिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad