कर्णाली


कर्णालीबाट प्रतिनिधिसभामा छानिए ५ समानुपातिक सांसद

कर्णालीबाट प्रतिनिधिसभामा छानिए ५ समानुपातिक सांसद

दिनेश बुढा
चैत २, २०८२ सोमबार १८:३, सुर्खेत

कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ विभिन्न दलबाट ५ जना सांसद सिफारिस भएका छन्।

नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीबाट समानुपातिकतर्फ १/१ गरी ५ जनाको नाम सिफारिस भएको हो। 

निर्वाचन आयोगमा सिफारिसमा परेका ५ मध्ये १ पुरुष र ४ महिला छन्। प्रत्यक्षमा १२५ सिट र समानुपातिकतर्फ ५१ लाख ८३ हजार ४९३ मत प्राप्त गर्दै पहिलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कर्णालीलाई समानुपातिकतर्फ एक सिट मात्रै दिएको छ।

देशभरबाट ५७ जना सांसद छान्दा कर्णालीबाट सुर्खेतकी सीता बादी दलित महिला क्लस्टरबाट सिफारिसमा परेकी हुन्। 

यस्तै, नेकपा एमालेले कर्णालीबाट कालीकोटकी एशुदाकुमारी बराललाई सांसद बनाएको छ। उनलाई महिला खसआर्यतर्फ पिछडिएको क्षेत्रबाट चयन गरेको हो। 

नेकपाले पार्वती विश्वकर्मालाई सांसद बनाएको छ। जाजरकोटकी पार्वतीलाई नेकपाले दलित महिला र पिछडिएको क्षेत्रबाट सांसदमा सिफारिस गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad