समाज


बाख्रा चराउन गएका व्यक्तिको करेन्ट लागेर मृत्यु

बाख्रा चराउन गएका व्यक्तिको करेन्ट लागेर मृत्यु

नेपालखबर
चैत २, २०८२ सोमबार १८:२३, मान्म (कालीकोट)

कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। रास्कोट नगरपालिका–८ बाँखरकोटका ५० वर्षीया मन बरालको करेन्ट लागेर मृत्यु भएको हो।

डिलचाखा वनमा बाख्रा चराउन गएका बेला बराललाई करेन्ट लागेको स्थानीयले बताएका छन्।

करेन्ट लागेको जानकारी आएपछि आफूले विद्युत् कार्यालयमा फोन गरेर विद्युत् बन्द गरिदिन अनुरोध गरेको स्थानीय कमलप्रसाद बरालले बताए।

करेन्ट लागेको खबर पाएपछि इलाका प्रहरी कार्यालय रास्कोटको टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख हिमबहादुर खत्रीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad