कर्णाली


इनिशा मृत्यु प्रकरण: पक्राउ परेका चार बालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

इनिशा मृत्यु प्रकरण: पक्राउ परेका चार बालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

नेपालखबर
चैत १७, २०८२ मंगलबार २१:७, सुर्खेत

सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको आरोपमा पक्राउ परेका चार जना बालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। 

मंगलबार सुर्खेत जिल्ला अदालतका बाल इजलासका न्यायाधीश दीपक ढकालले कानूनको विवादमा परेका चारै जना बालकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हुन्। 

अदालतको आदेशअनुसार उनीहरूलाई बालसुधार गृहमा पठाइने भएको छ।

अदालतका सूचना अधिकारी उज्वल रावलले,घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढाउने आदेश गरिएको जानकारी दिए। 

सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली घर भइ वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी इनिशा बिहान ६ बजे स्कुलमा प्रायोगात्मक परीक्षा दिन भनेर घरबाट निस्किएकी थिइन्। 

तर, उनि बिहान साढे ९ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको जनजागरण सामुदायिक वन क्षेत्रमा गत फागुन २३ गते बेहोस अवस्थामा फेला परेकी थिइन्। 

इनिशा अचेत अवस्थामा रहेको भेटेपछि स्थानीय तथा प्रहरीले प्रदेश अस्पताल कालागाउँ सुर्खेत पु¥याएका थिए। त्यहाँ लगेको केही समयमा चिकित्सकले मृत घोषणा गरे।

घटनापछि प्रहरीले अनुसन्धान गर्दै उनका प्रेमी १६ वर्षीय किशोरलाई सोही दिन र फागुन २४ गते अन्य तीन गरी चार जना बालकलाई नियन्त्रणमा लिएको थियो।

शवको पोष्टमार्टका लागि भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा। अर्विन शाक्यको टोली प्रदेश अस्पताल सुर्खेतमा पुगेका थिए। उक्त पोस्टमार्टम रिपोर्टमा जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको खुलेको थियो। 

त्यसपछि प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतमा बुझाएको थियो। 

सरकारी वकिल कार्यालयले उक्त प्रतिवेदनमाथि अध्ययन गरी पक्राउ परेका चारै जनाले सामुहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै जिल्ला अदालत सुर्खेतमा अभियोग पत्र दायर गरेको थियो। 

वकिल कार्यालयले जवर्जस्ती करणी गरी ज्यान मारेको ९कर्तव्य ज्यान० मुद्धा सम्बन्धमा सुर्खेत जिल्ला अदालत, बाल ईजलासमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अभियोग पत्र दायर गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad