कर्णाली


कर्णाली सरकारले २०८३ मा यी ६ दिन सार्वजनिक बिदा दिने

कर्णाली सरकारले २०८३ मा यी ६ दिन सार्वजनिक बिदा दिने

मंगलबार बिहान बसेको कर्णाली मन्त्रिपरिषद् बैठक।


दिनेश बुढा
चैत २४, २०८२ मंगलबार ९:४१, सुर्खेत

कर्णाली प्रदेश सरकारकाे मन्त्रिपरिषद् बैठकले २०८३ सालमा दिइने सार्वजनिक बिदाकाे सूची स्वीकृत गरेको छ। 

आज मंगलबार बिहान बसेकाे प्रदेश मन्त्रिपरिषद् बैठकले राष्ट्रिय धान दिवस चैत १२ गते शुक्रबार जुम्ला जिल्ला र असार १५ गते प्रदेशका अन्य ९ जिल्लामा बिदा दिने निर्णय गरेकाे हो।

यस्तै साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्व, भदौ ४ गते बिहीबार प्रदेश स्थापना तथा सहिद दिवस, कार्तिक ८ गते आइतबार काेजाग्रत पूर्णिमा का दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको कर्णाली सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए।

उनका अनुसार असाेज २२ गते बिहीबार  चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेला (असोज कृष्ण त्रयोदशी) का दिन जुम्ला जिल्लामा मात्रै बिदा हुनेछ।

यसैबिच प्रदेश सरकार (कार्यविभाजन) नियमावली,२०७४ काे अनुसूची-२ हेरफेर गरिएको छ। 

प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७४ को नियम ७ ले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकारले उक्त नियमावलीको अनुसूची-२ मा देहाय बमोजिम हेरफेर गरिएकाे प्रवक्ता शाहले जानकारी दिए।

उनका अनुसार अनुसूची-२ को क. सं. ३. को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको सि. नं. २७, २९, ३० झिकिएको छ भने क. सं. ३. को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको सि. नं. ३१ मा रहेको "श्रम सम्बन्धमा सुधार" भन्ने शब्द हटाइएका छन्।

यस्तै उक्त अनुसूची-२ कै क्र. सं. ५. को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको सि. नं. १३ मा रहेका "कृषि बजार, पूर्वाधार र कृषि फार्म केन्द्रको विकास, विस्तार तथा सञ्चालन" भन्ने शब्दको सट्टा "साना सिँचाइ, कृषि बजार, पूर्वाधार र कृषि फार्म केन्द्रको विकास, विस्तार तथा सञ्चालन" भन्ने शब्द थप गरिएका छन्।

क्र. सं. ७. को सामाजिक विकास मन्त्रालय अन्तर्गतको सि. नं. ३६ मा रहेका "लोपोन्मुख, सीमान्तकृत, गरिब, ज्येष्ठ नागरिक लक्षित आवाससम्बन्धी नीति, मापदण्ड तथा योजना तर्जुमा र कार्यान्वयन" भन्ने शब्दको सट्टा "लोपोन्मुख, सीमान्तकृत, गरिब, ज्येष्ठ नागरिक, दलित लक्षित आवास लगायत विकाससम्बन्धी नीति, मापदण्ड तथा योजना तर्जुमा र कार्यान्वयन" भन्ने शब्द थप गरिएका छन्।

साथै क्र. सं. ७. को सामाजिक विकास मन्त्रालयअन्तर्गतको सि. नं. ३७ पछि देहायका सि. नं. ३७क, ३७ख र ३७ग थप गरिएका छन्।

जसमा ३७क. मा रोजगार प्रवर्द्धनसम्बन्धी नीति कानुन तथा मापदण्ड तर्जुमा कार्यान्वयन र नियमन, ३७ख. मा स्वरोजगारका लागि उद्यमशीलता विकास प्रशिक्षण सहुलियत कर्जा र व्यवसाय प्रवर्द्धन सहायता र ३७ग. मा श्रम सम्बन्धी सुधार श्रमिक एवम् श्रमिकको सामाजिक सुरक्षा तथा ट्रेड युनियन सम्बन्धी प्रादेशिक नीति कानून मापदण्ड र नियमन उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad