समाज


गोली हानेर काठमाडौँबाट २ जना भारतीय पक्राउ, १ केजी ब्राउन सुगर पनि बरामद

घाइते युवकको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार हुँदै
गोली हानेर काठमाडौँबाट २ जना भारतीय पक्राउ, १ केजी ब्राउन सुगर पनि बरामद

नेपालखबर
चैत २४, २०८२ मंगलबार ९:५४, काठमाडौँ

प्रहरीले गोली हानेर काठमाडौँबाट दुईजना भारतीय नागरिकलाई लागु औषधसहित पक्राउ गरेको छ। 

गएराति लागु औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गौशाला नजिकबाट गोली चलाएर दुईजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो। 

काठमाडौँको गौशाला-पिंगलास्थान क्षेत्रबाट उनीहरू पक्राउ परेका लागु औषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए। 

‘पक्राउ परेकामध्ये भारत बिहार घर भएका करिब ३२ वर्षीय अनिलकुमार पासवानलाई गोली लागेको छ,’ एसपी रेग्मीले नेपालखबरसँग भने, ‘खुट्टाको घुँडामा गोली लागेका उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। अर्का एकजना सकुशल छन्।’

उनीहरूलाई पक्राउ गर्न एसपी रेग्मी आफैँ खटिएका थिए। 

एक किलो ब्राउन सुगरसहित प्रहरीले उनीहरू सवार एउटा गाडीसमेत नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad