नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीलाई उनकै विरुद्ध बागी उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार देवेन्द्र शाहीले चुनौती दिइरहेका छन्।
जुम्ला प्रदेशसभा (क) को ७ हजार ६४१ मत गन्दा स्वतन्त्र उम्मेदवार शाहीले प्रदेश सभापति शाहीलाई ८४६ मतान्तरले पछि पारेका छन्।
उनले २ हजार ९४४ मत प्राप्त गर्दा प्रदेश सभापति शाहीले २ हजार ९८ मत प्राप्त गरेका छन्।
यस्तै नेकपा एमाले धिरेन्द्र राज गिरिले १ हजार ७८५ मत पाएका छन्।नेमकिपाका राजेश्वर देवकोटा २ सय २४ मत प्राप्त गरेका छन्।
204
Shares
प्रतिक्रिया