ad ad

कर्णाली


कर्णाली प्रदेशसभा निर्वाचन : २० क्षेत्रको नतिजा आउँदा को–को विजयी?

१ स्वतन्त्र, ८ माओवादी, ४ नेकपा एमाले र ७ वटा निर्वाचन क्षेत्रमा कांग्रेसको जित
कर्णाली प्रदेशसभा निर्वाचन : २० क्षेत्रको नतिजा आउँदा को–को विजयी?

दिनेश बुढा
मंसिर ९, २०७९ शुक्रबार १३:२८, सुर्खेत

कर्णाली प्रदेशका १० जिल्लामा प्रदेशसभाका २४ निर्वाचन क्षेत्रमा यो समाचार तयार पार्दासम्म २० निर्वाचन क्षेत्रको मतपरिणाम आएको छ। 

उक्त २० प्रदेशसभा निर्वाचन क्षेत्रमा १ स्वतन्त्र, ८ माओवादी, ४ नेकपा एमाले र ७ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले जित हासिल गरेको छ।  

यस्तै २० निर्वाचन क्षेत्रको नतिजा आउँदा ४ निर्वाचन हुम्ला प्रदेशसभा (२), मुगु प्रदेशसभा (१), (२) र कालीकोट प्रदेशसभा (२) को  नजिता आउँन बाँकी छ। 

जुम्ला  प्रदेशसभा (१)
जुम्ला प्रदेशसभा–१ स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका ललितजंग शाहीलाई हराएका हुन्। 

देबेन्द्रबहादुरले ९ हजार ६५४ मत प्राप्त गरेर प्रदेशसभा सदस्यमा निर्वाचित भए भने ललितजंगले ७ हजार ७५५ मत मात्रै प्राप्त गरेका छन्। ललितजंग नेपाली कांग्रेसका कर्णाली प्रदेशसभापतिसमेत हुन्। उनलाई कर्णाली प्रदेशको मुख्यमन्त्रीको दाबेदारका रूपमा समेत हेरिएको थियो। 

एमालेका धिरेन्द्रराज गिरी तेस्रो नम्बरमा सिमित भए। उनले ५ हजार ४८० मत मात्रै प्राप्त गरेका छन्। नेपाल मजदुर किसान पार्टीका राजेश्वर देवकोटाले ६९४ मत प्राप्त गरेका छन्।

जुम्ला प्रदेशसभा (२)
यस्तै, जुम्ला प्रदेशसभा–२ मा भने नेकपा एमालेका टेकराज पछाईले बाजी मारेका छन्। उनले ७ हजार ८२७ मत प्राप्त गर्दै  निर्वाचन भएका हुन्। पछाईले वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार पदमबहादुर रोकाया पराजित भएका छन्। रोकायले ६ हजार ७१५ मत प्राप्त गरेका छन्। स्तन्त्रका धनबहादुर बस्नेतले ४ हजार १६५, नेपाल मजदुर किसान पार्टीका बिर्षबहादुर रावतले १ हजार २०२ मत प्राप्त गरेका छन्। 

सल्यान प्रदेशसभा (१)
प्रदेशसभा–१ मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका भीमप्रकाश शर्मा २२ हजार २४३ मतका साथ प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। 

उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार कुलबहादुर गिरीले १४ हजार २२५ मत पाएका छन्। 

सल्यान प्रदेशसभा (२)
प्रदेशसभा–२ मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुरेश अधिकारी २० हजार ४०८ मतका साथ प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। 

उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार गुलाबजंग शाहले १६ हजार ६२८ मत ल्याएका छन्। शाह यस अघि सल्यान प्रदेशसभा–१ बाट निर्वाचित भएका थिए। 

जाजरकोट प्रदेशसभा (१)
जाजरकोट प्रदेशसभा–१ मा पनि वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका बेदराज सिंह निर्वाचित भएका छन्। 

उनले १८ हजार ५४३ मत प्राप्त गरेर प्रदेशसभामा विजयी भएका छन्। बेदराजले नेकपा एमालेका डम्बरबहादुर सिंहलाई हराएका हुन्। डम्बरबहादुरले ११ हजार ४७० मत प्राप्त गरेका छन्। 

स्वतन्त्रका उम्मेदवार कमानबहादुर खड्का ४ हजार ४४६, राष्ट्रिय प्रजातन्त्र पार्टीका  गणेशबहादुर वटालाले ४५७ मत प्राप्त गरेका छन्। 

जाजरकोट प्रदेशसभा (२)
जाजरकोट प्रदेशसभा–२ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार राजीवविक्रम शाह निर्वाचित भएका छन्। 

उनले १६ हजार ४० मत प्राप्त गरेका छन्। शाहले नेकपा एमालेका खिमबहादुर शाहीलाई पराजित गरेका हुन्। शाहीले १० हजार ५३० मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका कृष्णबहादुर शाहीले ४८५ मत पाएका छन्। 

शाह सामाजिक कार्यमा अग्रसर भएकाले जनताका लोकप्रिय नेताका रूपमा समेत पर्दछन्। उनि कर्णालीको मुख्यमन्त्रीको दाबेदार समेत हुन्।

दैलेख–१ प्रदेशसभा (१)
दैलेख–१ प्रदेशसभा (१) मा वाम–लोकतान्त्रिबाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री विजयी भएका छन्। उनले नेकपा एमालेका धर्मराज रेग्मीलाई १ हजार ३९२ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्। 

खत्रीले ९ हजार ४६४ मत ल्याएर निर्वाचित हुँदा रेग्मीले ८ हजार ७२ मत प्राप्त गरेका छन्। रेग्मीले ०७४ मा सोही क्षेत्रबाट माओवादीबाट चुनाव जितेका थिए।

दैलेख–१ प्रदेशसभा (२)
दैलेख निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा (२) नेपाली कांग्रेसका कृष्णकुमार बिसी निर्वाचित भएका छन्। बिसीले १० हजार ५४५ मत ल्याएर प्रदेशसभामा निर्वाचित भएका हुन्। 

बिसीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमबहादुर थापाले ९ हजार ४७१ मत ल्याए। यहाँ राप्रपाका रणबहादुर सिंहले १ हजार ७०४, टेकबहादुर खाँण (ठेकी) ले ४१६ र नेमकिपाका लक्ष्मीकुमारी सिंहले २०१ मत प्राप्त गरे।

दैलेख–२ प्रदेशसभा (१)
यस्तै, दैलेख निर्वाचन–२ प्रदेशसभा (१)मा पनि वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका घनश्याम भण्डारी निर्वाचित भएका छन्। 

भण्डारीले नेकपा एमालेका तिलकप्रसाद रिजाललाई एक हजार ३०५ मतले हराएका हुन्। भण्डारीले १० हजार ८०० मत पाएका हुन्। रिजालले ९ हजार ४९५ मत प्राप्त गरेका छन्।

प्रदेशसभामा निर्वाचित भण्डारी दुल्लु नगरपालिकाका पूर्वप्रमुख समेत हुन्। राप्रपाका यज्ञबहादुर थापाले ४७८, नेमकिपाका मदन भण्डारीले ३३७, हाम्रो नेपाली पाटी प्रेमबहादुर भन्डारीले ४७२ र  स्वतन्त्रका पुरुषोत्तम रिजालले २७० मत पाएका छन्। 

प्रदेश–२ प्रदेशसभा (२)
दैलेख निर्वाचन क्षेत्र नम्बर–२ प्रदेशसभा (२) मा भने एमालले आफ्नो जित हासिल गरेको छ। यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका विनोदकुमार शाह विजयी भएका छन्। 

उनले वाम–लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार योगेन्द्र शाहीलाई हराएका हुन्। शाहले योगेन्द्रलाई ८४ मतले हराएका हुन्। शाह ९ हजार ४६४ मत प्राप्त गरेर प्रदेशसभामा विजयी भएका छन्। 

शाहका निकटतम प्रतिद्वन्द्वी योगेन्द्रले ९ हजार ३८१ मत पाए। योगेन्द्र टिकट नपाएपछि एमाले पार्टी परित्याग गरी रातारात माओवादीमा प्रवेश गरेका थिए। 

सुर्खेत–१ प्रदेशसभा (१)
सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा (१)मा वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका खड्गबहादुर पोखरले विजयी भएका छन्। 

उनले नेकपा एमालेबाट उम्मेदवार बनेका ठम्मरबहादुर विष्टलाई ३ हजार ७५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्। 

पोखरेलले  १८ हजार २६३ मत आउँदा विष्टले १५ हजार १८८ मत प्राप्त गरेका हुन्। विष्ट सोही निर्वाचन क्षेत्रबाट २०७४ सालको निर्वाचनमा तत्कालीन माओवादीबाट प्रदेशसभामा निर्वाचित भएका थिए। 

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका दलबहादुर सिंह ठकुरीले २७८, जनता समाजवादी पार्टी, नेपालका गंगे कामी ४९, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका लालबहादुर गुरुङ्ग ४७ र नेपाल मजदुर किसान पार्टीका पुष्पराज रानाले २३ मत पाएका छन्।

सुर्खेत–१ प्रदेशसभा (२)
सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा (२) मा माओवादी केन्द्रका कृष्ण जिसी निर्वाचित भएका छन्। एमालेका डण्डीप्रसाद शर्मालाई ४ हजार १९६ मतान्तरले पराजित गर्दै जिसी निर्वाचित भएका हुन्। जिसीले २० हजार ४५५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी शर्माले १६ हजार ३१६ मत प्राप्त गरे। 

जिसी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। जिसी र शर्मा दुवैले पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएका हुन्।

सुर्खेत–२ प्रदेशसभा (१)
यस्तै, सुर्खेत–२ प्रदेशसभा (१) मा नेकपा एमालेका यामलाल कँडेल दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएका छन्। एमाले स्थायी कमिटी सदस्य समेत रहेका कँडेल १८ हजार ५ सय ६१ मतसहित वियजी भएका हुन्। 

कँडेलका प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका कालीप्रसाद शाक्यले १८ हजार ४ सय मत प्राप्त गरेका छन्। 

उनीहरुबीचको मतान्तर १ सय ६१ छ। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुर्य बहादुर खत्रीले ३ हजार ८५ मत प्राप्त गरेका छन्। यामलाल काँडेल मुख्यमन्त्रीका मुख्य दाबेदार समेत हुन्।

सुर्खेत–२ प्रदेशसभा (२)
सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विन्दमान विष्ट विजयी भएका छन्। 

उनले नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गरेका हुन्। यहाँ ३१ हजार ६८२ मत खसेको थियो। जसमध्ये विष्टले १३ हजार ९०९ मत पाएका छन्। एमालेका गौतमले ९ हजार ३३४ मत प्राप्त गरेका छन्।  

विष्टविरुद्ध उम्मेदवारी दिएका एकीकृत समाजवादीका मोहनसिंह बडुवालले ६ हजार २१४ मत प्राप्त गरेका छन्।  

कालीकोट प्रदेशसभा (१)
कालीकोट प्रदेशसभा (१) मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका दुर्गबहादुर रावत निर्वाचित भएका छन्। 

रावतले १ हजार ५९ मतान्तरले विजयी भएका हुन्। रावतले ९ हजार ११ आएर निर्वाचित भए भने नेकपा एमालेका कुर्मराज शाहीको पक्षमा ७ हजार ९५२ आएको छ। कुर्मराज ०७४ मा सोही क्षेत्रमा एमालेबाट चुनाव लडेर प्रदेशसभामा ११ हजार ९३५ मतसहित विजयी  भएका थिए। 

नेपाल मजदुर किसान पार्टीका रबिन्द्रबहादुर शाहीले १ हजार १७२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्यबहादुर शाहीले १ हजार ७१ मत पाएका छन्।

डोल्पा प्रदेशसभा (१)
डोल्पा प्रदेशसभा (१) बाट नेकपा एमालेका शेरबहादुर बुढा प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका दीपेन्द्रबहादुर शाही पराजित भएका हुन्। 

एमालेका बुढाले ४ हजार ७ सय ४३ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका शाहीले २ हजार ४ सय ६५ मत पाए। राष्ट्रिय प्रजातन्त्र पार्टीले नारान बुढाले १२४, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)का नन्दबहादुर रोकायाले २४ मत पाएका छन्।

डोल्पा प्रदेशसभा(२)
डोल्पा प्रदेशसभा (२)बाट कर्णाली प्रदेश सरकारका वहालवाला उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाही पुनः निर्वाचित भएका छन्। शाहीले ५ हजार २९५ मतसहित उनी पुनः प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन्।  

उनले एमालेका धनचन्द्र बैजीलाई ७०० मतान्तरले पराजित गरे। एमाले नेता बैजीले ४ हजार ५९५ मत पाएका छन्। 

निर्वाचित माओवादी नेता शाही गठबन्धनका साझा उम्मेदवार हुन्।  यहाँ राप्रपाका बौद्धसिंह कठायतले २८९ मत प्राप्त गरेका छन्।

हुम्ला प्रदेशसभा (१)
हुम्ला प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र) का रणसिंह परियार निर्वाचित भएका छन्। प्रतिस्पर्धीलाई १ हजार ८५१ मतान्तरले पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। 

उनको प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाही थिए। परियार ६ हजार ४८१ मतसहित विजयी हुँदा शाहीले ४ हजार ६३० मत प्राप्त गरे। 

नेकपा एमालेका उम्मेदवार दल फडेराले  २ हजार ९९ मत प्राप्त गरे। पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएका परियार कर्णालीमा एक मात्र दलित सांसद बनेका छन्।

रूकुम पश्चिम प्रदेशसभा (१)
रूकुम पश्चिम प्रदेशसभा (१) मा माओवादीका महेन्द्र केसी निर्वाचचित भएका छन्। केसीले एमाले उम्मेदवार नारायणकुमार शाहलाई पराजित गरेका हुन्। 

केसी १९ हजार ३३ मतसहित प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी शाहले ८ हजार ८१ मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोदकुमार शाह एक हजार ११ मत प्राप्त गरेका छन्।

रूकुम पश्चिम प्रदेशसभा (२)
प्रदेशसभा २ मा पनि माओवादीका राजकुमार शर्मा विजयी भएका छन्। शर्माले २० हजार १६० मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका कर्णबहादुर घर्ती मगरले ८ हजार ७८ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्जल केसीले १ हजार १०७ मत पाएका छन्। 

नेकपा माओवादी केन्द्र
हुम्ला (१) रणसिंह परियार
डोल्पा (२) वीरबहादुर शाही 
कालीकोट (१) दुर्गाबहादुर रावत
सल्यान (१) भीमप्रकाश शर्मा
रूकुम पश्चिम (१) महेन्द्र केसी
रूकुम पश्चिम (२) राजकुमार शर्मा
सुर्खेत–१ (२) कृष्ण जिसी
सुर्खेत–२ (२) विन्दमान विष्ट

नेपाली कांग्रेस 
सुर्खेत (१) खड्ग पोखरेल 
जाजरकोट (१) वेदराज सिंह
जाजरकोट (२) राजिवविक्रम शाह 
सल्यान (२) सुरेश अधिकारी 
दैलेख–१ (१) पुर्णबहादुर खत्री 
दैलेख–१ (२) कृष्ण विसी 
दैलेख–२ (१) घनश्याम भण्डारी 

नेकपा एमाले 
सुर्खेत–२ (१) यामलाल कँडेल 
दैलेख–२ (२) विनोदकुमार शाह
जुम्ला (२) टेकराज पछाई 
डोल्पा (१) शेरबहादुर बुढा

स्वतन्त्र 
जुम्ला (१) देवेन्द्रबहादुर शाही 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .