सरकारी दस्तखत र छाप किर्ते मुद्दामा अदालतद्वारा दाेषी ठहर प्रदेश १ की प्रदेश सभा सदस्य गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी छन्। त्यसाे त उल्लिखित मुद्दामा जिल्ला र उच्च अदालतले गरेको फैसलालाई सर्वोच्च अदालतले पनि सदर गरेपछि खातुनको प्रदेश सांसद पद यसअघि नै गइसकेको छ।
अहिले भने उनले आफ्ना तर्फबाट पनि पद त्याग गरेको भन्दै राजीनामा दिएकी हुन्। नेकपा एमालेबाट समानुपातिक प्रदेश सभा सदस्य दिएको राजीनामा दिएकै दिन यही असार १५ गते नै स्वीकृत भएको प्रदेश १ सभाका सभामुख प्रदीपकुमार भण्डारीले सदनलाई जानकारी गराए।
प्रदेश सभा सदस्य खातुनले व्यक्तिगत तथा पारिवारिक समस्याका कारण देखाउँदै योग्य र सक्षम व्यक्तिलाई ल्याउने मार्गप्रशस्त गर्न पदबाट राजीनामा दिएको कुरा राजीनामा पत्रमा उल्लेख गरेकी छन्।
याेसँगै प्रदेश १ सभामा ४ जना सांसद पद पद रिक्त भएको छ।
यसअघि नेकपा माओवादी केन्द्रले टंक आङ्बुहाङलाई कारबाही गरेपछि उनको ठाउँ खाली भएको हो भने झापाका गोपालप्रसाद बुढाथोकी र इलाममा काजीमान कागतेले मेयर पदमा उम्मेदवार बन्दै प्रदेश सभा सदस्यबाट राजीनामा दिएका हुन्।
प्रतिक्रिया