कोशी


कोसी प्रदेश योजना आयोगको सदस्यमा अनिल थापा नियुक्त

कोसी प्रदेश योजना आयोगको सदस्यमा अनिल थापा नियुक्त

नेपालखबर
असार १५, २०८३ सोमबार १६:४२, विराटनगर

कोसी प्रदेश योजना आयोगको सदस्यमा सुनसरी बराहक्षेत्र नगरपालिका-२ का अनिल थापालाई नियुक्त गर्ने निर्णय गरिएको छ।

कोसी प्रदेश सरकारको आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले थापालाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठकले जानकारी दिए।

बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक स्वीकृत गरेको छ। 

प्रदेशसभा सदस्यका स्वकीय सचिवको पारिश्रमिक रोकिएकै मितिदेखि नियमित गर्ने निर्णय भएको र प्रदेश खेलकुद पहिलो संशोधन अध्यादेश, २०८३ लाई प्रतिस्थापन गर्न बनेको विधेयकलाई स्वीकृत गरेको मन्त्री पाठकले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad