मुहर्रम पर्व मनाउने क्रममा नक्कली हतियार बोकेर सर्वसाधारणलाई त्रसित र आतंकित बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. ९ बस्ने २३ वर्षीय मो. ईजराईल रहेका छन्।
गत असार १२ गते मुस्लिम समुदायको मुहर्रम पर्व मनाउने क्रममा आम जनतालाई त्रसित बनाउने उद्देश्यले नक्कली हतियार बोकी हिँडेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतका प्रहरी एकाइहरूले उक्त व्यक्तिको खोजी कार्य तीव्र पारेका थियो।
खोजी गर्ने क्रममा प्रहरीले ईजराईललाई उनकै घरबाट उक्त नक्कली हतियारसहित नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले पक्राउ परेका ईजराईललाई हिरासतमा राखेर थप अनुसन्धान कार्य अगाडि बढाइएको उनले बताए।
Shares

प्रतिक्रिया