कोशी


११ महिनापछि विराटनगरको भाटभटेनी पुनः सञ्चालनमा आउँदै, असार २७ गते उद्घाटन गरिने

११ महिनापछि विराटनगरको भाटभटेनी पुनः सञ्चालनमा आउँदै, असार २७ गते उद्घाटन गरिने

नेपालखबर
असार २२, २०८३ सोमबार १६:५, ​विराटनगर

विगत ११ महिनादेखि बन्द रहेको विराटनगरस्थित भाटभटेनी सुपर मार्केट आगामी असार २७ गते शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ।

क्षतिग्रस्त संरचनाको मर्मतसम्भार र पुनर्निर्माणको कार्य पूरा भएसँगै मल सञ्चालनको अन्तिम तयारीमा जुटेको हो।

​पुनः सञ्चालनको तयारीस्वरूप सोमबार मलमा धार्मिक विधिअनुसार पूजापाठ गरी गृहप्रवेश गरिएको छ।

आगामी शनिबार एक समारोहका बीच भाटभटेनीको उद्घाटन गरिने र सोही दिनदेखि सर्वसाधारणका लागि मार्केट खुल्ला गरिने व्यवस्थापनले जनाएको छ।

​गत २०८२ भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा विराटनगरको भाटभटेनीमा आगजनी भएको थियो। उक्त घटनामा संरचनामा ठूलो क्षति पुगेपछि मलको सेवा पूर्ण रूपमा ठप्प भएको थियो।

​भाटभटेनी सुपर मार्केटका मुख्य सञ्चालक मीनबहादुर गुरुङले क्षतिग्रस्त संरचनालाई पुरानै अवस्थामा फर्काउन र पुनर्निर्माण सम्पन्न गर्न ११ महिना लागेको जानकारी दिए।

लामो प्रयास र पर्खाइपछि विराटनगर आउटलेटलाई फेरि सञ्चालनमा ल्याउन पाउँदा आफू निकै उत्साहित बनेको गुरुङले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad