ad ad

कोशी


प्रदेशसभा सदस्यमा हिमा बस्नेतलाई गराइयो शपथ

प्रदेशसभा सदस्यमा हिमा बस्नेतलाई गराइयो शपथ

सुमन पुरी
असार २१, २०७९ मंगलबार १५:२५, विराटनगर

प्रदेश १ प्रदेश सभाको सदस्यमा धनकुटाकी हिमा बस्नेतले शपथ लिएकी छन्।  

नेकपा एमालेकी प्रदेश सभा सदस्य गुलेफन खातुनको सरकारी कागजात किर्ते गरेको अभियोगमा पद जाने भएपछि राजीनामा गरेकी थिइन्। उनको स्थानमा एमालेले बस्नेतलाई सांसदको रुपमा सिफारिस गरेको थियो।

उनलाई प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले मंगलबार शपथ गराएका छन्। प्रदेशसभा सदस्य गुलेफुन खातुनले राजीनामा दिएसँगै समानुपातिकको पाचौँ बरियतामा रहेकी बस्नेतलाई निर्वाचन आयोगले मनोनित गरेसँगै शपथ गराइएकाे हाे।

नेकपा एमालेको समानुपातिकबाट प्रदेश सभा सदस्य भएकी खातुनले २०७९ असार १५ गते देखि लागू हुनेगरि पदबाट राजीनामा दिएकी थिइन्।

साेही स्थानमा रिक्त रहेको समानुपातिक सिटमा बस्नेतलाई मनोनित गर्ने एमालेले निर्णय गरेको थियो।

एमालेको प्रदेश १ कमिटी सदस्यसमेत रहेकी बस्नेतलाई निर्वाचन आयोगको असार २० गतेको पत्रका आधारमा मंगलवार शपथ गराइएको हो। 

प्रदेश सभा सदस्य बस्नेतलाई सभामुख भण्डारीसहित मुख्यमन्त्री राजेन्द्र राई, उपसभामुख सरस्वती पोखरेल, एमाले संसदीय दलका नेता भिम आचार्य, नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, स्वास्थ्यमन्त्री जयराम यादव तथा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहम्फे लगायतले बधाई दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .