कोशी


मुख्यमन्त्री कार्कीले पाए प्रदेश सभाबाट विश्वासको मत

मुख्यमन्त्री कार्कीले पाए प्रदेश सभाबाट विश्वासको मत

नेपालखबर
पुस २९, २०७९ शुक्रबार १५:५७, विराटनगर

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गरेका छन्।

प्रदेशसभामा शुकबार भएको मतदानबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन्।

उनले विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा ५९ जनाले मतदान गरेका छन् भने विपक्षमा ३२ मत खसेको छ। प्रदेशसभाको मतदानमा ९१ सांसद्को सहभागीता रहेको थियो।

प्रमुख प्रतिपक्ष नेपाली कांगेस र एकीकृत समाजवादी पार्टीले कार्कीलाई विश्वासको विपक्षमा मत हालेका थिए।

बहुमतसहित मुख्यमन्त्री कार्कीले प्रदेशसभाबैठकबाट विश्वासको मत लिएको सभामुख बाबुराम गौतमले घोषणासमेत गरेका छन्।

नेकपा एमाले संसदीय दलका नेता कार्की एमालेसहित माओवादी केन्द्र,राप्रपा र जसपाको समर्थनमा पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए। 

नेपालको संविधान २०७२ को धारा १६८ को २ बमोजिम मुख्यमन्त्री नियुक्त कार्कीले संविधानको धारा १६८ को ४ बमोजिम नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्छ।

९२ सदस्यीय प्रदेशसभामा एमालेको ४०, नेपाली कांगेस २९,माओवादीको १३, राप्रपाको ६, एकीकृत समाजवादी ४ र जसपाको १ संसद रहेका छन्। मतदानमा कांगेसका संसद अनपुस्थित रहेका थिए।

कांग्रेसका संसद प्रदीप राई मतदान कार्यमा अनुपस्थित रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .