ad ad

कोशी


कांग्रेसले गर्‍यो कोसी प्रदेशसभा बैठक बहिष्कार

कांग्रेसले गर्‍यो कोसी प्रदेशसभा बैठक बहिष्कार

सोमबार बसेको कोसी प्रदेशसभा बैठक


नेपालखबर
बैशाख ३१, २०८१ सोमबार १३:३६, काठमाडौँ

नेपाली कांग्रेसले कोसी प्रदेश सभा बैठक बहिष्कार गरेको छ। कोसीमा आज (सोमबार) मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले विश्वासको मत लिँदैछन्। 

संविधानको धारा १६८ (५) अनुसार कार्कीले विश्वासको मत लिन लागेका हुन्। तर, कांग्रेस भने प्रदेशसभा बैठकमा उपस्थित छैन। 

पूर्व मुख्यमन्त्री समेत रहेका कांग्रेस नेता केदार कार्कीले आफूहरूले बैठक बहिस्कार गरेको नेपालखबरलाई जानकारी दिए। 

‘बैठक हामीले बहिष्कार नै गरेका हौँ,’ उनले भने।

सर्वोच्चमा प्रदेश प्रमुखको निर्णयविरुद्ध कार्कीले मुद्दा हालेका छन्।

यहाँ नेकपा एमाले, माओवादी केन्द्रसहितका समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .