विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका जशवन्त पौडेल विजयी भएका छन्।
कोशी प्रदेशकै सबैभन्दा ठूलो क्याम्पसमा अखिल क्रान्तिकारीका रोहित यादवलाई पराजित गर्दै पौडेल सभापतिमा विजयी भएका हुन्।
पौडेलले १६८९ मत प्राप्त गरे भने क्रान्तिकारीका यादवले ७८४ मत प्राप्त गरे। सभापतिका अर्का उम्मेदवार नेकपा एमाले निकट अनेरास्ववियुका नवीन पहाडीले ५९२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
यस्तै, सचिवमा एमाले निकट अनेरास्ववियुका सनिम ठकुरी विजयी भएका छन्। उनले ९३७ मत ल्याएर सचिवमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेविसंघकी पुजा विश्वासले ७८६ मत ल्याएकी छन्। अखिल क्रान्तिकारीका आशिका लम्सालले ५१५ मत प्राप्त गरिन्।
स्ववियुको कोषाध्यक्षमा नेविसंघका स्वस्तिक बोहोरा ११४३ मत ल्याएर विजयी भएका छन्। कोषाध्यक्षमा अनेरास्ववियुका आरोग्य थापाले ९०२ र समाजवादी विद्यार्थी युनियनका राकेश यादवले ७३५ पाएका छन्।
सदस्यहरुमा नेविसंघका अमित मुखिया, दिपकुमार यादव, प्रज्वल विष्ट, मो।साहिल अन्सारी, सुरक्षा थापा मगर तथा अनेरास्ववियु एमालेका मन्दिप पोखरेल र केबल काफ्ले विजयी भएका छन्।
प्रतिक्रिया