कोशी


सुक्खा पहिरोले कोसी राजमार्ग अवरुद्ध, पहिरोमा परी एक घाइते

सुक्खा पहिरोले कोसी राजमार्ग अवरुद्ध, पहिरोमा परी एक घाइते

नेपालखबर
माघ २०, २०८० शनिबार २०:५५, काठमाडौँ

सङ्खुवासभाको उत्तर–दक्षिण कोसी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडक सुक्खा सडक पहिराका कारण अवरुद्ध भएको छ। मकालु–३ हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर–दक्षिण कोशी अवरुद्ध भएको हो।

मकालु–३  नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर(दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको उत्तर-दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिए।

आज बिहान ८ बजे खसेको सुक्खा पहिरोमा परेर रामेछापका २१ वर्षीय स्काभेटर सहचालक सविन केसी घाइते भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।

घाइते केसीको उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको प्रहरी निरीक्षक लामिछानेले बताए।

पहिरोमा बरुण निर्माण सेवा कम्पनीको एक थान स्काभेटसमेत पुरिएको छ। उक्त क्षेत्रमा बरुण निर्माण सेवा कम्पनीले सडक स्तरोन्नतिको काम गरिहेको छ। अवरुद्ध कोशी राजमार्गको पहिरो हटाउने काम भइरहेको उत्तर–दक्षिण कोशी सडक आयोजनाका प्रमुख इन्जिनियर कोइरालाले बताए।

सडक अवरुद्ध भएपछि भोटखोलाबाट सदरमुकाम खाँदबारी आउने दर्जनौँ यात्रु नयाँबस्ती नजिकै अलपत्र परेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .